रामप्रवेश बैठा,रौतहट,२२ असार २०७९
रौतहटको फतुवाविजयपुरमा महिला उधमीहरु लाइ प्रमाणपत्र हस्तान्तरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ सितलपुरका महिलाहरु लाइ सो प्रमाणपत्र दिइएको हो । वडा अध्यक्ष अनिरुद्ध राय यादवले एक कार्यक्रमका बिच बुधवार १० जना महिलाहरु लाइ प्रमाणपत्र उपलब्ध गराउनु भएको हो ।
फतुवाविजयपुर नगरपालिकाको लघु उधम विकास शाखा बाट सो वडामा ४५ दिने सिलाई कढाई तालिम दिइएको शाखाका फोकल पर्सन नि. प्रमुख प्रशासकिय अधिकृत हंसराज यादवले बताएका छन् ।
सो अवसरमा वडा अध्यक्ष यादव सँगै,वडा सचिव उमेश सोनी, लघुउधम सहजकर्ता संजीप साह लगायका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।
यसै बिच आजै वडा अध्यक्ष यादवले जयमाला लक्ष्मी लगुउधम कढाई सेन्टरको पनि समुद्धघाटन गर्नु भएको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय