July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

वाडाध्यक्ष अनिरुद्ध यादवको सरानिय कार्य सितलपुर दलित बस्तीको बाटो खुलाउन सफल

रामप्रवेश बैठा रौतहट,२२ असार
पाँच वर्षमा बिगतका जनप्रतिनिधीले गर्न नसकेको काम वडा अध्यक्ष अनिरुद्ध यादवले एक महिनामै गरेर देखाएका छन् । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ सितलपुरस्थित दलित बस्तीमा जाने बाटो तर्फ २०७४ सालको स्थानिय तहमा निर्वाचित जनप्रतिनिधीको आफनो कार्यकाल भरि नै ध्यान जान सकेको थिएन् । उक्त बाटो हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदै आएको थियो । त्यस्तो हुँदा पनि स्थानियहरु त्यही बाटो प्रयोग गरेर जान आउन बाध्य थिए ।
५ वर्षमा करोडौंको बजेट चलाए जनप्रतिनिधीहरुले तर दलितहरुको त्यो बस्ती जहाँ सधैं स्थानियहरुलाय सास्ती नै खेप्नु पर्यो । गत बैशाख ३० गते भएको स्थानिय तह निर्वाचन २०७९ मा नेकपा एमाले पार्टी बाट निर्वाचित भएपछि वडा अध्यक्ष यादवले उक्त दलित बस्तीको बाटो सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । केही दिन अघि नै वडा यादवले उक्त बाटोको इन्जिनीयर सहितको टोली द्धारा निरिक्षण गरेका थिए ।
लगतै आज उनले तत्काल आफनै लगानीमा भए पनि बाटो लाइ ग्रेभल गराइ सुचारु गराएका छन् । सिकिन्द्र यादवको घर देखि रामइश्वर यादवको घर सम्म करिब २ सय ५० फिट बाटो लाइ ग्रेभल गराइ जिर्ण एवम् हिलाम्य बाटो लाइ सुधार गराएका छन् ।
आज वडा यादवले व्यक्तिगत खर्चमा बाटो मर्मत गरेका छन् । वडाको बाटो मर्मत गर्न उनले आफनो व्यक्तिगत खर्चबाट बाटो निर्माण गरेका हुन ।
बाटो मर्मत पछि सितलपुर स्थित दलित बस्तीका मानिसहरु लाइ आवात जावातमा सजिलो भएको स्थानियले बताए छन । बाटो सुधार भएपछि सो टोलका स्थानियहरु हर्षित भएका छन् । बाटो मर्मत नहुँदा बर्षायाममा स्थानियलाई निकै समस्या हुने गरेको थियो ।
वडा अध्यक्ष यादवले यसअघि पनि सितलपुरको बिभिन्न टोलहरुमा समाजिक कार्य,बाटो निर्माण जस्ता काम गर्दै आएका छन् । अगामी दिनमा सो बाटो लाय पक्किकरण गर्ने आफनो लक्ष्य रहेको वडा अध्यक्ष यादवले बताएका छन् ।