रौतहट २२ असार
रौतहट जिल्लाको राजपुर नगरपालिकाका शिक्षित युवा नगर प्रमुख डॉ. राजिक आलमले चुनावी दौरान जनता संग गरेको वाचाहरु मध्ये पहिलो वाचा पुरा गरेका छन् । नगरको गर्भवती महिलाहरुको निशुल्क गर्भ जाँच गर्ने अल्ट्रासाउन्ड मिसिन खरिद गर्ने निर्णय लाई आज पुरा गरेका छन् ।
राजपुर नगरपालिकाले गर्भवती महिलाहरुको निशुल्क गर्भ जाँच गर्ने कार्य आज देखी सुरु भएको छ । नवनिर्वाचित नगर प्रमुख डा. मो.राजीक अालमले कार्यभार सम्हाल्दै नगरपालिका भित्रका गर्भवती महिलाहरुको निशुल्क गर्भ जाँच गर्ने पहिलो निर्णय गरेको थियो ।
आज एक औचारीक कार्यक्रम बीच राजपुर फरहदवा प्राथमिक स्वस्थ केन्द्रमा अल्ट्रासाउन्ड मिसिनको नगर प्रमुख डा. अालमले उद्दघाटन गरेका छन् । स्वास्थ्य सेवामा सबै नगरबासीको समान र सहज पहुँच अभिबृद्धि गर्ने अभिप्रायले स्वास्थ्य सेवामा जनताको व्यक्तिगत खर्च घटाउने, सबै भौगोलिक क्षेत्र, वर्ग, समुदायमा आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच बिस्तार गर्दै मातृ मृत्युदर घटाउने उद्देश्यले निशुल्क गर्भ जाँचको व्यवस्था गर्न लागिएको उनको भनाई छ ।
उक्त कार्यक्रममा उप प्रमुख जमिला असगरी,डा.काैशल खान, प्र.प्र.अ. बैजुु ठाकुर,लेखा प्रमुख मनाेज कर्ण, स्वास्थ्य प्रमुख,स्वास्थ्यकर्मी बुद्धजीवि, समाजसेवी लगायत भरभाला आदमीहरुको उपस्थिति रहेको थियो ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान