July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको सितलपुरमा यूनाइटेड कन्सट्रक्सनको बदमासी,गुणस्तरहीन ढलान गर्न थालेपछि वडा अध्यक् यादव द्धारा काममा रोक

रौतहट,१४ गते असार
रौतहटको फतुवा विजयपुर नगरपालिकाको शहरी विकास योजना अन्तर्गत सितलपुर २ स्थित ट्रान्सर्फमर चौकदेखि मेवा जाने सडक ढलान गर्ने कार्य २१० मिटर ढलान गर्ने क्रममा गुणस्तरहिन काम भएको भन्दै सितलपुरका स्थानियहरु आक्रोसित भएका छन । वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव आफै पुगेर अनुगमन समेत गरेका थिए । अनुगमनको क्रममा गुणस्तरहिन काम भइरहेको पाएपछि काम रोकिएको हो ।
यूनाइटेड कन्ट्रक्सन झुनखुनवा रौतहटले २७ लाखमा ठेक्का लिएको सडकमा कोटेसन अनुसार काम नगरेको पाइएको छ । ढलान गर्ने क्रममा सामाग्री कम प्रयोग भएको पाइएको छ । ६ बोरा बालुवा र ६ बोरा ग्रेभेलमा आधी बोरा सिमेन्ट प्रयोग भएको स्थानियहरुले बताएका छन् । ढलान कार्य सम्पन्न नहुँदै उकिन सुरु भएको छ । ६ इन्च ढलान बाटो हुनुपर्नेमा १ देखि ३ इन्च सम्म मात्र ढलान देखिएकोले आफुहरु आक्रोसित भएको स्थानियहरुले बताएका छन ।
वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादवले इस्टिमेट अनुसार काम नभएकोले गुणस्तरहिन काम आफुहरुलाई मान्य नहुने भन्दै काम रोकाएको बताए । फतुवा विजयपुर वडा नं. २ का वडाध्यक्ष यादवले ढलान निर्माणमा गुणस्तरहिन काम भएको दावि गर्दै निर्माण कार्य रोकिएको र ठेकेदारले मापदण्ड अनुसार काम गरे मात्र काम सुचारु हुने बताए ।
फतुवा विजयपुर नगरपालिकाले विकास निर्माणका काममा नियमित अनुगमन नगर्दा गुणस्तरहिन काम भइरहेको छ ।
यस विषयमा कन्ट्रक्सनका सञ्चालक रविराज तिवारी सँग सोध्दा काम भने सुचारु रहेको जवाफ दिएका छन् ।
सितलपुर मेवा सडकमा यूनाइटेड कन्ट्रक्सनले ढलान गर्ने सम्झौता गरेको थियो । यसै आर्थिक वर्ष सम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने सडकबाट हजारौं स्थानीय जनता लाभान्वित हुने भएपनि गुणस्तरहीन काम भइरहेको छ ।