July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरिया नगर प्रमुख सियाराम कुशवाहा को फेरि अर्को सराहनिय कार्य झन्डै २० करोड को लागतमा अस्पतालको लागि भवन शिलान्यास

राम प्रबेश बैठा २९ गते अगहन

रौतहट जिल्लाको कटहरिया नगरपालिका फेरि अर्को सराहनिय कार्य झन्डै २० करोड रुपैया लागतमा १५ बेडको अस्पतालको लागि भवन निर्माणको काम सुरु भएको छ ।
साे कार्यक्रममा प्रमुख अतिथि लोक प्रिय नगर प्रमुख सियाराम कुश्वाहा र प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साह ले आजको बुधबार हिन्दु परम्परा अनुसार बिधिवतरुपमा ब्राह्मण द्वारा मन्त्रोचारण पश्चात् सुभारम्भ गरेलगत्तै अस्पतालको भवन निर्माणको काम सुरु भएको हो ।
संघीय सरकारको १९.७५ करोड भयाट सहित लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेण्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनन्जय,चौधरी जेविले ११ करोडमा साकार गरेको थियो ।कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रको हाता भित्र १५ सैंयाको आधारभुत स्वास्थ केन्द्रको भवन अगामी २ बर्ष भित्र निर्माण पुरागर्ने चौधरी निर्माण सेवाका निर्देशक उपेन्द्र प्रसाद चौधरीले प्रतिबद्धता जनाएका छन ।
उक्त अवसरमा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बुधबार नगर बासिको लागि ठुलो खुसीको दिनरहेको बताएका छन ।
भवन निर्माण पछि कटहरिया नगरपालिकाका जनता बिरामीको उपचारको लागि बाहिर जानुपर्ने झन्झट बाट छुटकारा हुने अधिकृत साहले बिश्वास व्यक्त गरेका थिए ।
केपिशर्मा ओलि प्रधानमन्त्री रहेको समय गतबर्ष भर्चुअल विधि मार्फत देशको ७५३ वटै स्थानीयतहमा सुबिधा सम्पन्न १५ बेडको आधारभूत अस्पताल भवनको शिलान्यास गरेका थिए ।
ओलि सरकारकै योजना अनुरुप बिनियोजित बजेट बाट कटहरियामा पनि अस्पतालको लागि भवन निर्माण हुनलागेको मेयर सियाराम कुश्वाहाले जानकारी दिनु भयो ।
बुधबार सप्पन्न कार्यक्रममा मेयर कुश्वाहा,अधिकृत साहका साथै एमाले कटहरिया नगर अध्यक्ष योगेन्द्र साह,माओवादी नगर अध्यक्ष नसरुदिन अंसारी,वडा अध्यक्षहरु राजकुमार साह,हरिभजन साह,माबी कटहरियाका प्र.अ. योगेन्द्र कुश्वाहा,कार्यपालिका सदस्य रामप्रवेश साह,रामबाबु साह,डाक्टर संतोष कुमार यादव,डाक्टर गोविन्द साह,एमाले नेता बिनोद साह,आईटी आर्मिका जिल्ला अध्यक्ष नरेस साह,लगायतको उपस्थिति रहेको थियो