July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरियामा नेकपा एमाले गर्न थाल्यो महिला संघर्ष समिति गठन

रामप्रवेश बैठा,रौतहट,१४ गते असार २०७९
नेपाल कम्यूनिष्ट पार्टी एमाले कटहरिया नगर कमिटीले महिला संघर्ष समिति गठन गर्न थालेको छ । आज देखि गठन गर्न सुरु गरिएको छ । कटहरिया नगरपालिका वडा नम्बर १ बाट त्यसको सुरुआत गरिएको छ ।
नगरभित्र भइरहेको महिला हिंसा विरुद्ध आवाज उठाउनको लागि सो समिति गठन गर्न थालिएको छ । हाम्रो समाजमा महिला हिंसा सदियौदेखि अनेक रुपले भएको देखिन्छ । रक्सी खाएर महिलालाइ कुटपिट गर्ने,गर्भावस्थामा लिङ्ग पहिचान गरी गर्भपतन गर्नु, गर्भवती समयमा कुटपिट हुनु, छोरी जन्माउनुको एकल दोषारोपण वा अन्य मानसिक पिडाहरु जहाँ छोरी जन्मिदै पनि कयौं बिभेदको सामना गर्नुपर्ने ,समाजमा बाल यौन दुव्र्यवहार, जबरदस्ती करणी,महिलालाइ अनावश्यक कुटपीट,बोक्सी आरोपमा कुटपिट, पौष्टिक आहार तथा शिक्षामा भेदभाव, बाल बिबाह, जबर्जस्ति बिवाह तथा दाइजोको कारणबाट पनि कयौं महिलाहरु मृत्यु बहन गर्न बाध्य छन् ।
ति सबै खाले महिला हिंसाका विरुद्ध आवाज बुलन्द गर्न महिला संघर्ष समिति गठन गर्न सुरु गरिएको नेकपा एमालेका नेता एवम् वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले जानकारी गराउनु भएको हो ।
आज कटहरिया नगरपालिका वाड १ झौवा टोलमा महिलाहरुको भेला बोलाइएको थियो । सो वडामा ४१ सदसीय महिला संघर्ष टोल कमिटी गठन गरिएको छ । सो अवसरमा एमाले प्रदेश कमिटी सदस्य नरेश प्रसाद तुरहा,पूुर्व वाड अध्यक्ष राजकुमार साह,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरी,युवा नेता सुरेश यादव,जयराम यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।