रामप्रवेश बैठा रौतहट,२१ ग्ते जेठ २०७९
रौतहट जिल्लाको रंगपुर साझेदारी वन उपभोक्ता समितिको नयाँ अध्यक्ष चयन गरिएको छ । समितिको नयाँ अध्यक्षमा अशोक यादव सर्वसम्मत रुपमा चयन गरिएको छ । वर्तमान अध्यक्ष जितेन्द्र कुमार चौधरी गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा चन्द्रपुर वडा नम्बर ८ को वडा अध्यक्ष पदमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । सोही ठाउँमा उनलाइ चयन गरिएको हो ।
जिल्लाको चन्द्रपुर स्थित डिभिजन वन कार्यालयमा एक भेला बोलाइएको थियो । सो भेला बाट यादवलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष बाहेक बाँकी पदाधिकारीहरु पुरानै छन् ।
आफूले पाएको जिम्मेवारी राम्रो सँग निर्वाह गर्ने नव नियुक्त अध्यक्ष यादवले बताएका छन् । सो अवसरमा रंगपुर साझेदारी वन उपभोक्ता समितिमा आबद्ध व्यक्तीहरुको उपस्थिती रहेको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय