मधेश खबर जेष्ठ २१ गते, रौतहट ।
रौतहटको वृन्दावन नगरपालिकाका मेयर रामविनोद प्रसाद कुर्मीले एक विद्यालय भवनको शिलान्यास गरेका छन् ।
मेयर कुर्मीले शनिवार आयोजित एक समारोहका बीच वृन्दावन नगरपालिका ६ हर्षाहा स्थित बतहु माध्यमिक विद्यालयमा सो भवनको शिलान्यास गरेका हुन ।
नगरपालिकाको ३० लाख रुपैयाको लागतमा एक तले चार कोठे भवन निर्माण हुन लागेको छ । भवनको शिलान्यास भएपछि बतहु माध्यमिक विद्यालयमा अब सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ ।
यसै चालु आर्थिक वर्षमै निर्माण कार्य सम्पन्न हुने गरी भवन निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ ।
विद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरुलाई पठनपाठन गराउन निकै कठिनाइ हुँदै आएकोले भवनको अभावमा कुनै पनि विद्यार्थीलाई पठनपाठनमा समस्या नहोस भन्ने उद्देश्यका साथ आफु विद्यालय भवन निर्माणका लागि शिलान्यास गरेको मेयर रमविनोद प्रसाद पटेलले बताए ।
भवनको शिलान्यास गर्दै नगर प्रमुख पटेलले शिक्षाको क्षेत्रमा भौतिक पुर्वाधारहरु निर्माणमा नगरपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताए ।
शिक्षा क्षेत्रलाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ विद्यालय भवन निर्माण प्रकृया अगाडि बढाएको समेत उनले बताए ।
नगरका प्रत्येक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए ।
समृद्ध नेपाल निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जनता र बालबालिकालाई सबैभन्दा पहिले शिक्षाको पहुँचभित्र ल्याउनुपर्ने अति आवश्यक रहेको उनले धारणा राखे ।
भवन शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतो, वडा अध्यक्ष मजहर मंसुर, नेता प्रेमलाल पटेल, धर्मेन्द्र पटेल, हरिनारायण राउत, किशोरी कुमार पटेल, वडासदस्य लगाएतको उपस्थिती रहेको युवा नेता आशिष राज पटेलले बताएका छन् ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय