राम प्रबेश बैठा रौतहट २० जेठ ।
रौतहटको गुजरा नगरपालिकामा हुनलागेको कार्यपालिका सदस्यको चुनावमा गैरदलित र गैरअल्पसंख्यकको उम्मेद्बारी दर्तापछि बिवाद सुरु भएको छ।
नगर कार्यपालिका सदस्यको लागि निर्वाचन आयोगले दलित,अल्पसंख्यक महिलालाई उम्मेद्बारी दिन पाउने गरेको निर्देशन बिपरित निर्वाचन अधिकृतले अन्यको उम्मेद्बारी दर्ता गरेपछि बिवाद भएको हो।
निर्वाचन अधिकृत बद्री प्रसाद कोईरालाले दलितको स्थानमा गैरदलित आरिफ मियां दर्जी,असगर अलि अन्सारी र अल्पसंख्यकमा बिजय साह बनियाको नाम कार्यपालिका सदस्यमा उम्मेद्बारी दर्ता गरेपछि बिवाद सुरु भएको हो।
निर्वाचन अधिकृत कोईराला विभिन्न प्रभावमा परेर निर्वाचन आयोगको निर्देशन बिपरित उम्मेद्बारी दर्ता गरेको भन्दै एमाले र समाजबादिका कार्यकर्ताले निर्वाचन प्रक्रिया तत्काल रोक्का गर्ने लिखित उजुरी दर्ता गराएका छन।
उम्मेद्बारी बाट तत्काल गैरदलित र गैर अल्पसंख्यक को नाउँ हटाउन स्थानीय नेताहरूले माग गरेका छन । गैरदलित दर्जी र अन्सारी लाई कार्यपालिका सदस्य बनाउन ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर बाट कानुन बिपरित दलित सिफारिस गराई आंखामा छारो हाल्ने प्रयास भैरहेको स्थानीय एमाले नेता रामबाबु चौधरीले बताए ।
गत ३०गते भएको निर्वाचनमा गुजरा नगरपालिकाको मेयरमा बिजयी भएका जसपाका सन्तलाल चौधरीको ईसारामा जसपाकै कार्यपालिका उमेदवारको रूपमा आरिफ मियां दर्जी र बिजय साह बनियाको उम्मेद्बारी दर्ता गरिएको एमाले मेयर प्रत्याशी शेख एकरामुल हकले आरोप लगाएका छन ।
त्यसैगरी गुजरा नगरपालिका बाट गैरदलित असगर अलि अन्सारीको नाम दलितमा सिफारिस गराई समाजबादी पार्टी बाट कार्यपालिका सदस्यको लागि उम्मेद्बारी दर्ता गराएकाले उनीहरुको उम्मेद्बारी बदर गर्नुपर्ने हक लगायतका नेताहरूले माग गरेका छन ।
साथै गैरदलितलाई दलित सिफारिस गर्ने ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख र गैर अल्पसंख्यक लाई अल्पसंख्यक सिफारिस गर्ने गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाई कार्वाहीको दायरामा ल्याउन माग गर्दै स्थानीय नेताहरू आन्दोलित भएका छन ।
गुजरा नगरपालिकाका निर्वाचन अधिकृत बद्री प्रसाद कोईरालाले ईलाका प्रशासन कार्यालय र नगरपालिकाले दलित तथा अल्पसंख्यक सिफारिस गरेको आधारमा उनीहरुको उम्मेद्बारी दर्ता गरेको बताए । उम्मेद्बारी बदर गर्न उजुरी परेपछि आवश्यक निर्देशन तथा सुझावको लागि निर्वाचन आयोग काठमाडौमा मेल मार्फत पत्र पठाई तत्काल निर्वाचन प्रक्रिया रोकेको बताएका छन ।
रौतहटका सिडियो कृष्ण बहादुर शाहिले ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले गरेको सिफारिस बारे जिल्ला प्रशासन तथा निर्वाचन आयोगले पछि छानबिन गर्ने तथा हाल निर्वाचन आयोगको निर्देशन अनुसार हुने प्रतिक्रिया दिएका छन ।
जिल्लाको १८ स्थानीयतहमा भैरहेको कार्यपालिका निर्वाचनमा दलित तथा अल्पसंख्यकको सुचिमा रहेका जातिलाई मात्र उमेदवार बनाईएको छ । तर गुजरा नगरपालिकामा त्यसको बिपरित गैरदलित र गैरअल्पसंख्यक लाई उमेदवार बनाउनुमा निर्वाचन अधिकृत कोईरालाको नियतमाथी नै प्रश्नचिन्ह खडा भएको छ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान