राम प्रबेश बैठा रौतहट,२०७९ जेठ १९ गते
रौतहट । रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिकामा कार्यपालिका सदस्यको लागि बाम एकता भएको छ । कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमाले,माओवादी केन्द्र र एकिकृत समाजवादीका बीच गठबन्धन गरेर चुनावमा सहभागी भएका थिए । तिनै पार्टीका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
देवाहीगोनाही नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना नेकपा एमाले,माओवादी केन्द्र र एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका नेकपा एमालेका दुइ, माओवादी केन्द्रका ३ र एकिकृत समाजवादीका ३ जना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय देवाहीगोनाहीले जनाएको छ ।
देवाहीगोनाही नगरपालिकामा महिला नगर कार्यपालिका सदस्यमा निर्वाचित हुनेहरुमा अंजीला देवी,रहिमा बेगम(एमाले),चूल्हिया देवी जसोधा देवी(माओवादी केन्द्र),अमिरखा देवी(एकिकृत समाजवादी) रहेको प्रिन्स पटेलले जानकारी गराउनु भयो ।
यता दलित तथा अल्पसङ्ख्यकमा विन्देश्वर प्रसाद जयसवाल(माओवादी केन्द्र),अजयकान्त साह र सुरेश साह कलवार( एकिकृत समाजवादी)ले उम्मेदवारी दिएका थिए । सबै सदस्य निर्वाचित भएका छन् । सबै निर्वाचित कार्यपालिका सदस्यहरुलाइ निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय