July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गरुडा ५ का वडा अध्यक्ष साहले गरे एम्बुलेन्स खरिद गर्ने घोषणा,विपन्न परिवारको घर निर्माणदेखि शिक्षा,स्वास्थ्य,रोजगारीको ग्यारेण्टी

राम प्रबेश बैठा रौतहट,१८ गते जेठ २०७९
रौतहटको गरुडा वडा नं ५ का नव निर्वाचित वडा अध्यक्ष बिनोद प्रसाद साहले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित नगर प्रमुख कन्थमनी जयसवालबाट पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै आज बुधवार वडा अध्यक्ष साहले वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।
माओवादी केन्द्र पार्टीबाट निर्वाचित वडा अध्यक्ष साहले आजदेखी पाँच वर्षको लागि सो वडा हाक्ने जिम्मेवारी सम्हालेका हुन । कार्यभार सम्हाल्न वडा कार्यालय पुगेका साहलाई कर्मचारी, जनप्रतिनिधि र स्थानीयहरुले भव्य स्वागत गरेका थिए । पदभार ग्रहण कार्यक्रमको अध्यक्षता नव निर्वाचित वडाध्यक्ष बिनोद प्रसाल साहले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा नगर प्रमुख जयसवाल रह्नु भएको थियो । विशिष्ट अतिथीको रुपमा माओवादी केन्द्रको तर्फ बाट गरुडाको मेयर पदका प्रत्यासी विपिन जयसवाल रह्नु भएको थियो ।
वडा अध्यक्षको कार्यभार सम्हाल्दै साहले आउँदो पाँच वर्षभित्रमा कृषि ,शिक्षा र स्वास्थ्यमा विशेष जोड दिने प्रतिवद्धता जनाए । साथै उनले आफनो वडावासीको स्वाथ्यको ख्याल गरी एम्बुलेन्स खरिद गर्ने घोषणा गर्नु भयो । साथै घरवार विहिन रहेको अति विपन्न गरिब परिवार लाइ घर बनाउने देखि लिएर शिक्षा,स्वास्थ्य,रोजगारीको ग्यारेण्टी लिने घोषणा गर्नु भयो । त्यस्तै वडा बाट हुने सिफारीसमा कुनै किसिमको शुल्क वडा कार्यालय बाट नलाग्ने प्रष्ट रुपमा घोषणा गरे ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादव,एमाले नगर अध्यक्ष योगेन्द्र साह सहित वडा नं ५ को सवै वडा सदस्य, गाउँका भद्रभलादमी, सो वडाका कर्मचारी, लगायतको उपस्थित रहेको थियो ।