July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

वृन्दावनका मेयर पटेलले महत्वकांक्षी योजनाहरु ल्याँउदै ।

जेष्ठ १४ गते

रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुखमा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित रामविनोद पटेलले पदभार सम्हालेका छन् । पदभार ग्रहण गर्दै नवनिर्वाचित नगर प्रमुख पटेलले आफनो कार्यकालको शुरुवात जनताको मन जित्ने गरी आकर्षक योजनाहरुका साथ गर्न लागेको बताएका छन् । निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ खुवाउँदै मेयर पटेलले जनताको विश्वासलाई आधार बनाएर प्रभावकारी एवं जनहितकारी कामबाट आफना कार्यकाल शुरु गर्न लागेको बताएका छन् । नगरलाई भ्रष्टाचारमुक्त पालिका बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण लगाएत कार्यलाई आफनो पहिलो प्राथमिकतामा राखेर योजना ल्याउने उनले बताए । प्रसुति गृहको अभावमा कतिपय गर्भवति महिलालाई प्रसुति गराउन बाहिर लैजानुपर्ने बाध्यताका कारण अकाल्मै मृत्युवरण गर्नुपरेको अवस्थालाई मध्य नजर गर्दै नगरमा भएका प्रसुति गृहहरुलाई व्यवस्थित गर्नुका साथै प्रसुति गृह नभएको ठाउँमा प्रसुति गृह निर्माण गरी निशुल्क सेवा उपलब्ध गराउने निर्णय गरिएको उनले बताए । त्यसैगरी नगरपालिका भित्रबाट सम्पादन हुने पञ्जिकरण, जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्ता लगायत नागरिकताको सिफारिस निःशुल्क गर्ने समेत उनले बताए । पलिकाका अधिकांश व्यक्ति कृषि पेशामा नै आश्रित र…