सर्लाही/१४ जेठ
मधेस प्रदेशको सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता नं २ बाहिनीको विशेष टोली प्रहरी निरीक्षक रबि थापाको नेतृत्वमा लाखौ मुल्य बराबरको कपडा समातन सफल भएको समचार प्राप्त भएको छ।
सर्लाही जिल्लाको बलरा नगरपालिका वार्ड नं ३ मा अबैध रुपमा भारतबाट लुकाइ छपाइ ल्याइरहेको बिशेष सुचनाको आधारमा नं २ बाहिनि को विशेष टोली प्रहरी निरीक्षक रबि थापाको नेतृत्वमा गएको टोलिले रु १४२११९०/- चौध लाख एकइस हजार रुपैयाँ बराबरको कपडा समातन सफल भएका हुन्।
साथै तस्करहरुले सशस्त्र प्रहरीको टोलीलाइ देख्ने बितिकै आफनो मोटरसाइकल र सो मोटरसाइकलमा लोड गरिएको समानहरु तथा साइकलमा लोड गरिएको समानहरु छोडी भागेका हुन्।
More Stories
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सम्मान
बिरगंजमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्दै आजपा