राम प्रबेश बैठा रौतहट, गते १२ वैशाख
रौतहट जिल्लाको बौधीमाइ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।
बौधीमाइका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रदिप यादवले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । उपप्रमुख प्रमिला देवी लगायत वडाध्यक्ष,वडा सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको थियो । बंकुल स्थित सिता पैलेस होटेलमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात सहदिहरुको समझनामा एक मिनेट मौन धारण गरिएको थियो ।
त्यस्तै उक्त पालिकामा निर्वाचित वडा सदस्यहरूलाई पनि शपथ ग्रहण गराएका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख यादवले जनताले दिएको जिम्मेवारी राम्रो सँग निर्वाहन गर्नेमा विश्वस्त पार्नु भयो । साथै कर्मचारीहरु लाइ आफनो कर्तव्यलाइ राम्रो सँग निर्वाह गर्न भन्नु भयो । जनताले आफूलाइ दिएको जिम्मेवारी निर्वाह गर्न २४ सै घण्टा तत्पर रहेको बताउनु भएको थियो ।
सो अवसरमा राजनीतिक दल, सुरक्षाकर्मी,स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
More Stories
प्रभु साहको प्रश्न, ‘साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा वीरगंजबासी बाचिरहदा सरकार किन मौन ?’
२१ औ शताब्दीको कार्यकर्ताले नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् : प्रभु साह
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको छ : प्रभु साह