July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गरुडा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा काँग्रेस विजयी

 

राम प्रबेश बैठा रौतहट, ११ जेठ

रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार र उपप्रमुखमा पुनम कुमारी चौधरी निर्वाचित भएकी छन् ।

रौतहटको गरुडा नगरपालिकामा एमालेका कन्थमनी प्रसाद कलवारले नेकपा एकिकृत समाजवादीका मेयर उम्मेदवार व्रिजकिशोर प्रसाद यादवलाई ३८ मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् । नवनिर्वाचित नगर प्रमुख कलवारले ४ हजार ५६४ मत पाउँदा यादवले ४ हजार ५२६ मत पाए ।

यस्तै, उपमेयरमा कांग्रसका उम्मेदवार रहेकी पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २२६ मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । चौधरीले ६ हजार ७०३ मत प्राप्त गर्दा देवीले ४ हजार ४७७ मत प्राप्त गरिन् । यससँगै एमालेले रौतहटमा ३ पालिकामा जित हात पारेको छ ।