July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको बृन्दावनका मेयर बिनोद कुर्मीले भने– अब शासक होइन,सेवक बनेर काम गर्छु

राम प्रबेश बैठा रौतहट १३ गते

रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका नव निर्वाचित मेयर बिनोद प्रसाद कुर्मीले शासक होइन् सेवक भएर काम गर्ने बताउनु भएको छ । विश्रामपुरमा जनप्रतिनिधीहरुको लागी आयोजित सपथ ग्रहण कार्यक्रमलाइ सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो । मेयर कुर्मीले अबको काम नगरवासीमा समर्पित हुने बताए । नगरको समस्या समाधानका लागि आफू तत्पर रहने उनले बताए । अब जनताका समस्या समाधान गर्ने उद्घोष उनले गरे । जनताले दिएको जिम्मेवारी राम्रो सँग निर्वाहन गर्नेमा विश्वस्त पार्नु भयो । कुर्मीले वृन्दावन नगरपालिकालाइ वृन्दावन जस्तै बनाउने आफनो अठोट रहेको प्रष्ट पार्नु भयो । बृन्दावन धार्मिक नामाकरणको गरिएको नगरपालिका लाइ वृन्दावन जस्तै बनाउन आफु लागि पर्ने उनले बताए । प्रसिद्ध धार्मिक स्थलको रुपमा राष्ट्रिय एवम् अन्र्तराष्ट्रिय स्तरमा स्थापित गर्न आफु पहल गर्ने बताउनु भयो । बृन्दावनमा विकास निर्माण,सुशासन र न्यायको क्षेत्रमा अगाडी बढने बताउनु भयो । शिक्षा क्षेत्रमा पछाडी परेको नगरपालिकामा शिक्षाको स्तर वृद्धि गर्न लाग्ने बताउनु भयो । स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार गर्ने बत…