रामप्रवेश बैठा रौतहट,११ जेठ
रौतहटको देवाहीगोनाही नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रेमलाल साहले पदभार ग्रहण गरेका छन् । साहले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । २०७४ को निर्वाचनमा जसपाका धर्मेन्द्र पटेल सँग पराजित भएका साह यसपटक पूर्व मेयर पटेलको श्रीमती मधुलिका रानी पटेललाई ८९५ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् ।
साहको यो जितसँगै देवाहीगोनाहीको नेतृत्वमा एमाले अघि बढेको हो । उपमेयरमा भने नेकपा एमालेकी परनिया देवी पटेल निर्वाचित भएकी छन् । उनले ४४४५ मत प्राप्त गरेकी हुन् ।
९ वडा रहेको देवाहीगोनाहीमा एकीकृत समाजवादीले १,जसपाले ३ र एमालेले ४ वटा वडा,काँग्रेसले १ वटा वडा जितेका छन् ।
आज बुधवार कार्यभार सम्हाले पछि देवाहीगोनाही नगरपालिकाका नव निर्वाचित नगरप्रमुख साहले नगरबासीको कृषि मिटर र घरायसी विधुत महसुल २० युनिट सम्मको विद्युत महशुल तिर्ने र अल्ट्रासाउण्ड खरिद गर्ने घोषणा गर्नु भएको छ । मेयर साहले आफ्नो नगरबासी सबैको विद्युत महशुल तिरिदिने घोषणा गरेका छन् ।
उनले आफू तलबका लागि नभई जनसेवाका लागि मेयर बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा एमाले पार्टी बाट वडाअध्यक्षमा विजय भएका हुन् । विद्युत महशुल नगरपालिकाले तिरिदिने भएपछि स्थानीय खुसी भएका छन् ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय