आरके श्रीवास्तव,११जेठ, राैतहट । बृन्दावनका नगरपालिकाका नवनिर्वाचित प्रमुख ले पदभार ग्रहण गरेका छन् ।
पटेलले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । २०७४ को निर्वाचनमा काँग्रेसका रामस्नेही यादव सँग पराजित भएका पटेल यसपटक यादवलाई १४३४ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् ।
पटेलको यो जितसँगै बृन्दावनको नेतृत्वमा एकीकृत समाजवादी अघि बढेकाे हाे । उपमेयरमा भने नेकपा एकीकृत समाजवादीकी सावित्र संगिता कुमारी रामले निर्वाचित भएकी छन् । उनले ५७७२ मत प्राप्त गरेकी हुन् ।
९ वडा रहेको बृन्दावनमा एकीकृत समाजवादीले ५,माओवादी केन्द्रले ३ र एमालेले एक वडा जितेका छन् । काँग्रेसले कुनै पनि वडा जित्न सकेको छैन् । गत स्थानिय तह २०७४ काे निर्वाचन पछि काँग्रेसकै सरकार बनेको थियाे ।
More Stories
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न
असफल र असक्षम ओली सरकार विघटन हुन्छ – प्रभु साह