रुपेश यादव
रौतहट जेठ ११ गते
रौतहटको माधवनारयण नगरपालिका वडा नं ६ माधोपुरका निर्वाचित वडा अध्यक्ष रामनरेश यादवले आज पदभार ग्रहण गरेका छन ।
नवनिर्वाचित नगर प्रमुख बैजनाथ प्रसाद यादवबाट पद तथा गोपनियताको सपथग्रहण गरेलग्त्तै बुधवार वडा अध्यक्ष यादवले वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।
नेकपा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष यादवले आजदेखी पाँच वर्षको लागि माधोपुर गाँउ हाक्ने जिम्मेवारी सम्हालेका हुन । कार्यभार सम्हाल्न वडा कार्यालय पुगेका यादवलाई कर्मचारी, जनप्रतिनिधि र स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।
वडा अध्यक्षको कार्यभार सम्हाल्दै यादवले आउँदो पाँच वर्षभित्रमा वडा नं ६ लाई एउटा नमुना वडा बनाउने उदघोष गरेका हुन ।
गाउँलाई सुखी, समृद्ध र विकसित बनाउन आफु कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाए ।
जनताको चाहना र भावना अनुसारको काम गरी गाउँलाई जिल्लामा मात्र नभई देशमै चिनाउने गरी विकास निर्माण लगाएतको कार्य गर्ने उनले बताए ।
आफु जनताको मालिक नबनी सेवक बनेर जनताको चाहना अनुसारको काम गर्नबाट कहिल्यै पछि नहटने उनले उदघोष गरे ।
र सो कार्यक्रम स्थानीय भद्रभलाद्मी प्रहरी पत्रकार लगाएत हजारौं व्यक्ति को उपस्तिथि रहेका थिए।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय