July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गढिमाइमा काँग्रेसको मेयरमा श्याम यादव र उमपेयरमा जसपाकी स्मिता यादव निर्वाचित

रामप्रवेश बैठा रौतहट,११ जेठ
रौतहटको गढिमाई नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले जित हात परेको छ । यो सँगै काँग्रेसले जिल्लाको छ वटा पालिकामा कब्जा जमाएको छ । काँग्रेसले चन्द्रपुर,राजपुर,परोहा ,माधवनारायण,कटहरिया र गढिमाइमा जित हात पारेको हो ।
२०७४ को स्थानीय निर्वाचनमा विजयी भएका काँग्रेसको मेयर उम्मेदवार श्याम यादव यसपाली पनि निर्वाचित भएका छन् । गढिमाइमा काँग्रेस र एसमाजवादीले गठबन्धन गरेको थियो ।
श्याम यादवले ५५८ मतको मतान्तरले जित हासिल गरेका हुन् । उनले ८६३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका तर्फबाट मेयर उम्मेदवार शेख अबुलकलाम अजादले ८०७३ मत ल्याएका छन् ।

उपमेयरमा जनता समाजवादी पार्टीकी स्मिता कुमारी यादवले ६६७१ मत प्रात गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्मेदवार नागेन्द्र सिंहले ५९०२ मत प्राप्त गरे । स्मिताले निकटतम प्रतिद्वन्द्वी एसमाजवादीका यादव भन्दा ७६९ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।