July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको राजपुरका निर्वाचित जनप्रतिनिधिलाइ मेयर डा.राजिक आलमले गराए शपथ

रौतहट, गते १० वैशाख

रौतहट जिल्लाको दक्षिणी भेग राजपुरका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।
राजपुरका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख डा.राजिक आलमले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । उपप्रमुख जमिला असगरी लगायत वडाध्यक्ष,वडा सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको थियो । राजपुर नगरपालिका स्थित स्वास्थ्य केन्द्रको प्रांगणमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात सहदिहरुको समझनामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राजपुरका प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले राख्नु भएको थियो । भने पानसमा बति बालेर नवनिर्वाचित नगरप्रमुख डा.आलमले कार्यक्रम उदघाटन गरेका थिए ।
आयोजित कार्यक्रमकामा मेयर डा.आलमले नवनिर्वाचित जनप्रतिनिधिहरू वडा नम्बर १ का वडाध्यक्ष शेख अमीरुल्लाह,वडा नम्बर २ का वडाध्यक्ष जयमंगल पंण्डित,वडा नम्बर ३ का वडाध्यक्ष शेख हसिन अख्तर,वडा नम्बर ४ का वडाध्यक्ष शेख अन्सारुल हक,वडा नम्बर ५ का वडाध्यक्ष कृषनन्दन राम,वडा नम्बर ६ का वडाध्यक्ष शेख मोजरे आलम,वडा नम्बर ७ का वडाध्यक्ष इनताज हुसेन,वडा नम्बर ८ का वडाध्यक्ष शेख सोयब,वडा नम्बर ९ का वडाध्यक्ष शेख नसरुल हक लाई शपथ ग्रहण गराए ।
त्यस्तै उक्त पालिकामा निर्वाचित वडा सदस्यहरूलाई पनि शपथ ग्रहण गराएका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख आलमले राजपुर नगरपालिका लाइ समृद्धिको बाटो लैजान सबै जनप्रतिनिहरु एक भएर अगाडी बढनुपर्नेमा जोड दिनु भयो । समुन्नत,समृद्ध र विकसित राजपुर नगरपालिका बनाउनमा हामी सम्पूर्ण जनप्रतिनिधीहरु विभिन्न पार्टी बाट आएर पनि जनताले दिएको जिम्मेवारी राम्रो सँग निर्वाहन गर्नेमा विश्वस्त पार्नु भयो ।
सो अवसरमा राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।