July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राम प्रबेश बैठा रौतहट, ९ जेठ
रौतहटको कटहरिया नगरपालिका ४ मा वडा वासीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उदेश्यले एम्बुलेन्स खरिद गर्ने घोषणा गर्नु भएको छ । वडावासीको हितलाई मध्यनजर गर्दै निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने नव निर्वाचित वडाध्यक्ष चन्दन कुशवाहाले बताए ।
आज सोमवार दोस्रो कार्यकालको लागि पदभार ग्रहण पछि पत्रकारहरु सँग कुराकानी गर्दै तिन वटा प्रतिबद्धता गर्नु भयो । जसअनुसार एम्बुलेन्स खरिद,शिशु कक्षा र एक कक्षामा नयाँ भर्ना हुने विधार्थीहरुको लागि पोशाक वितरण र सो वडाको बहादुरपुर टोलमा बन्द भएको श्री लक्ष्मी प्रावि पुनः सञ्चालनमा ल्याइ अंज्रेजी माध्यमले पठनपाठन गराइने घोषणा गर्नु भयो ।
उनले भने एम्बुलेन्सको निकै आवश्यकता छ । वडावासीको आवश्यकतालाई मध्यनजर गदै यस्तोे व्यवस्था गरिनेछ ।
सो अवसरमा वडा सचिव बच्चे लाल साह सहित नव निर्वाचित वडा सदस्यहरु, भद्रभलादमी,बुद्धिजिवी,स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।