रामप्रवेश बैठा,रौतहट, ९ जेठ
रौतहटको देवाहीगोनाही नगरपालिकाको मेयरमा एमालेले जित हात परेको छ । एमालेका मेयर उम्मेदवार प्रेमलाल साह निर्वाचित भएका हुन् ।
साहले ८९५ मतको फराकिलो मततन्तरले जित हासिल गरेका हुन । उनले ४२९२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार मधुलिका रानी पटेलले ३३९७ मत ल्याएका छन् । सो मेयर दौडमा नेपाली काँग्रेसका मेयर उम्मेदवार सुरेश यादव ३२५६ मत तेस्रो स्थान,माओवादीका मेयर उम्मेदवार धर्मेन्द्र प्रसाद १४७८ मतका साथ चौथो स्थानमा छन् ।
उपमेयरमा एमालेकी उम्मेदवार परनिया देवी पटेलले ४४४५ मत प्रात गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका इश्वरीलाल प्रसाद यादवले ३५८० मत पाएका छन् । पटेलले निकटतम प्रतिद्वन्द्वी जसपाकाका उम्मेदवार भन्दा ८६५ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।
More Stories
प्रभु साहको प्रश्न, ‘साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा वीरगंजबासी बाचिरहदा सरकार किन मौन ?’
२१ औ शताब्दीको कार्यकर्ताले नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् : प्रभु साह
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको छ : प्रभु साह