July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको पहिलो डाक्टर मेयरको पहिलो निर्णय–गर्भवतीको लागि निःशुल्क अल्ट्रासाउण्ड

रामप्रवेश बैठा रौतहट, ९ जेठ
रौतहटको राजपुर नगरपालिकामा नयाँ मेयर निर्वाचित भएर आए लगत्तै गर्भवती महिलाहरुको लागि गर्भ जाँच गर्नको लागि निःशुल्क अल्ट्रासाउण्ड गर्न तुरुन्त अल्ट्रासाउण्ड मेसिन खरिद गर्ने निर्णय गरिएको छ ।
नवनिर्वाचित मेयर डा.राजिक आलमले सोमबार पदभार ग्रहण लगत्तै यस्तो निर्णय गर्नु भएको हो । स्वास्थ्य सेवामा सबै नगरवासीको समान र सहज पहुँच अभिवृद्धि गर्ने अभिप्रायले स्वास्थ्य सेवामा जनताको व्यक्तीगत खर्च घटाउने,सबै भौगोलिक क्षेत्र,वर्ग,समुदायमा आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउने खास गरेर मातृ मृत्युदर घटाउने उदेश्यले समयमा नै गर्भवती महिलाहरुको गर्भ जाँच गर्न यस्तो निर्णय गरिएको हो ।
नवनिर्वाचित मेयर डा. आलमको अध्यक्षतामा भएको कार्यक्रममा २०७९ सालको स्थानिय तहको चुनावमा राजपुर नगरपालिका अन्तर्गतका नगरवासीहरुले स्वच्छ र सभ्य रुपले निर्वाचनमा सहभागि भइ आफनो अमूल्य मतले ५ वर्षे कार्यकालका लागि सुम्पिएको जिम्मेवारी सेवा नगरवासीहरुको अकांक्षालाइ कदर गर्दै सेवा प्रवाह गर्ने प्रतिबद्धता जाहेर गर्दै नगरवासीहरु लाइ हार्दिक धन्यवाद व्यक्त गरिएको थियो ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर,लेखा अधिकृत मनोज कर्ण लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।