रौतहट, ९ जेठ
रौतहटको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले सोमबार सपथ लिएका छन् । जिल्ला न्यायधीश एवम् मुख्य निर्वाचन अधिकृत काजी बहादुर राइले नगरपालिकाको प्रमुखमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका हुन् ।
गौरस्थित गौर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मतगणना सम्पन्न भएको जिल्लाको स्थानीय तहमध्ये ६ पालिकाका प्रमुख उपस्थित थिए । उपस्थित प्रमुखलाई सपथ गराउँदै राइले जनताको सेवामा समर्पित हुन सुझाव दिए ।
सो अवसरमा गुजरा नगरपालिकाको नगरप्रमुख सन्तलाल चौधरी,कटहरियाका नगरप्रमुख अजय प्रकाश जयसवाल,माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादव,चन्द्रपुरका मेयर सञ्जय कुमार काफले,इशनाथका मेयर कौशल्या देवी,राजपुरका मेयर डा.रजिक आलमले पद तथा गोपनियताको सपथ लिएका थिए ।
कार्यक्रममा विभिन्न पालिकामा खटिएका निर्वाचन अधिकृत लगायतको उपस्थिती रहेको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय