रामप्रवेश बैठा राैतहट, ९ जेठ
रौतहटको वृन्दावन नगरपालिकाको मेयरमा एकिकृत समाजवादीले जित हात परेको छ । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका रामस्नेही यादवलाइ पराजित गर्दै समाजवादीका विनोद प्रसाद कुर्मी विजयी भएका छन् ।
कुर्मीले १ हजार ४ सय ३४ मतको फराकिलो मततन्तरले जित हासिल गरेका हुन । उनले ६११२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसको तर्फबाट मेयर उम्मेदवार रामस्नेही यादवले ४६७८ मत ल्याएका छन् ।
उपमेयरमा संगीता कुमारी रामले ५७७२ मत प्रात गरेकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सैवन खातुनले ४६८८ मत पाइन् । रामले निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी १०८४ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय