July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

महिला मेयर रिना साहको पहिलो ग्रस्ता दलित परिवारको लागि कलम उठ्यो

रौतहट ६ गते जेठ

रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत मौलापुर नगरपालिकाकी नवनिर्वाचित मेय रीना कुमारी साहले पदभार ग्रहण गरेकी छिन् ।शुक्रवार जिल्ला सदरमुकाम गौरमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएसंगै मेयर साह पतौरास्थित नगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरेकि हुन् । मेयर साहले पहिलो निर्णयको रुपमा सोनरनियामा दलित बस्तीको निर्माणको लागि जग्गा खरिद प्रक्रिया अगाडी बढ़ाउने निर्णय गरिन ।

मेयर साह मौलापुर नगरपालिकामा दोस्रो पटक निर्वाचित भएकी हुन् । पहिलो कार्यकालमा मौलापुर र मर्यादपुरमा उनले निर्माण गरेको नमुना दलित वस्ती नेपालकै नमुनाको रुपमा चर्चा पाएको थियो । मधेश प्रदेशको प्रथम एवम् एक मात्र महिला मेयरको रुपमा जनपक्षीय काम गरेर चर्चामा रहेकी साहले दोस्रो पटक निर्वाचित हुँदा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् ।

नेकपा एमालेकी उम्मेदवारको रुपमा साहले ५ हजार ५ सय ६४ मत हासिल गरेकी थिइन भने उनको निकटम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार राम प्रवेश यादवले ३ हजार ६२ मत हासिल गरेका छन् । साहले यादवलाई २ हजार ५ सय २ मतले पराजित गरेकी हुन् ।

गत निर्वाचनमा १ सय ३६ वटा स्थानीय तह रहेको मधेश प्रदेशमा एक मात्र महिला मेयरको रुपमा निर्वाचित भएकी थिइन् । आफ्नो पहिलो कार्यकालमा उत्कृष्ट कार्य गरेर चर्चामा रहेकी साहले नगरवासीको भरपुर साथ पाएको छ । पाँच दलीय गठबन्धनका राजनीतिक खेलाडीहरुलाई धुल चटाउदै मधेशी समुदायको महिला मेयरको रुपमा निर्वाचित भएर साहले पुन: एक पटक किर्तिमान कायम गरेकी हुन् ।

मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी भएका हुन् । मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।