July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटकोकटहरिया न पा काे ४ मा गठबन्धन तोडेर वाडाध्यक्ष पुन कुशवाहा निर्वाचित

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा ४ वटा वडा तहको मतपरिणाम आएको छ । अहिलेसम्म चार वटा वडाको परिणाम सार्वजनिक भएको छ । आज बुधवार वडा नम्बर ४ को मतपरिणाम सार्वजनिक भएको छ ।
कटहरिया वडा नम्बर ४ मा एमालेका उम्मेदवार चन्दन कुशवाहा विजयी भएका छन् । कुशवाहाले १ हजार ६ मत पाएका छन् । उनले आफनो निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार हरेन्द्र यादवलाई २३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी यादवले ९ सय ८३ मत प्राप्त गरेका छन् ।


सो वडाका वडा सदस्यहरूमा नेपाली कँग्रेसको प्यानल विजयी भएका छन् । अहिले सम्म कटहरिया नगरपालिकाको वडा नम्बर १,२,३ र ४ को मतपरिणाम सार्वजनिक भएकोे छ । वडा नम्बर १ को वडाध्यक्षमा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवार भुपेन्द्र महतो कोईरी,वडा २ नम्बर मा एमालेका उम्मेदवार हरेन्द्र साह रवडा नम्बर ३ मा एमालेका उम्मेदवार श्यामाकान्त यादव विजयी भएका हुन् । कटहरिया नगरपालिकामा एमालेले तिन वटा वडामा कब्जा गरेको छ । अन्य वडाहरुको मतगनणा गर्न जारीरहेको छ ।