रामप्रवेश बैठा,राैतहट,०६ बैशाख २०७९
राैतहट जिल्लाकाे दक्षिणी भेग बाैधीमाई नगरपालिकामा पालिका स्तरीय खाेप समन्वय समितिकाे अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय खाेप कार्यक्रम टाइफाइड राेग विरूद्वकाे खाेप अभियान अन्तर्गत आर्थिक वर्ष २०७८/७९ साे अभिमूखिकरण कार्यक्रम आयाेजन गरिएको थियाे ।
बाैधीमाई नगरपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनमा आज मंगलबार नगरपालिकाकाे कार्यालयमा एक दिने अभिमूखिकरण कार्यक्रम आयाेजन गरिएको थियाे ।
बाैधीमाई नगरपालिकाले टाइफाइडको खोप लगाउन बालबालिकालाई यही वैशाख १० गते देखि १५ गते सम्म खोप लगाउने जनाएको छ ।
सरकारले गत चैत २५ देखि यही वैशाख १८ गतेसम्म खोप लगाउने तालिका सार्वजनिक गरेको थियाे साेही अनुसार खाेप अभियान अहिले सञ्चालनमा छ ।
राैतहटमा तेस्रो चरणकाे खाेप अभियान अन्तर्गत वैशाख १० गते बाैधीमाईकाे प्रत्येक वडाकाे स्वास्थ्य संस्था बाट खोप लगाउने कार्यक्रम रहेकाे स्वास्थ्य संयाेजक तारकेश्वर पटेलले जानकारी गराउनु भयाे ।
सरकारले गत चैत २५ देखि वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिरहेको छ।
टाइफाइड राेगकाे बारे,सर्ने माध्यम,बच्ने उपाय,टाइफाइड विरूद्वकाे खाेपकाे असर लगायतकाे विषयमा स्वास्थ्य संयाेजक पटेलले जानकारी गराउनु भएको थियाे ।
साे अवसरमा बाैधीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव,स्वास्थ्य सह संयाेजक राकेश यादव लगायत शिक्षक,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार ,जनप्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।