July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहट जिल्लामा विजुलीको करेन्ट लागी ७ जना घाईते,एक जनाको मृत्यु

 

राम प्रबेश बैठा ,राैतहट,बैशाख ०३ गते
राैतहट जिल्लामा  विजुलीको करेन्ट लागी ७ जना घाईते,एक जनाको मृत्यु भएको छ । आज शनिबार बेलुका ०५:१५ बजेको समयमा जिल्ला रौतहट दुर्गाभगवती गाउँपालिका १ स्थित शिव मन्दिर टोलमा साे दुर्घटना भएको हाे ।
साेही ठाउँमा वस्ने नरेश राउतको छोरीको विबाहको मटकोर पुजामा गाउँका मान्छेहरु जम्मा भई सामुहिक गित गाउने क्रममा अचानक माईकबाट करेन्ट लागेकाे थियाे ।
घटनामा परि नरेश राउतको बहिनी बर्ष ३० की सम्घरिया देवीलाई थप उपचारको लागी सुकदेवचोक स्थित शिबदर्शन अस्पतालमा पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।
साे घटनामा जिल्ला रौतहट दुर्गाभगवती गा.पा.१ पिपरा बस्ने महेन्द्र राउतको श्रीमति बर्ष ३५ की सिता देवी राउत बरै, बर्ष ३५ की अनिता देवी राउत ,बर्ष ६५ की मन्तोरिया देवी , बर्ष ७० को मुनि राउत ,बर्ष ६५ की केवला देवी, बर्ष ५५ की शुसिला देवी,बर्ष ७५ की हिरिया देवी घाइते भएकि हुन् ।
घाईतेहरूकाे स्थानिय मेडिकल बाग्मतिमा उपचार भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।