July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरिया नगरपालिका को नेकपा एमाले पार्टी को तर्फबाट फेरि सियाराम कुशवाहा र उपमेयर कुन्ती साह को सर्वसहमत बाट सिफारिसमा

रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत कटहरिया नगरपालिकामा नेकपा एमाले बाट मेयरमा फेरि सियाराम कुसवाहा र उप मेयर कुन्ती साह सर्वसहमती बाट सिपारिस भएका छन । आज नेकपा एमालेको स्थाई कमिटि सदस्य एवम रौतहट क्षेत्र न ३ न्यु बर्तमान संघिय सांसद प्रभु साह , र नेकपा केन्द्रिय सदस्य प्रदेश सांसद कुन्दन कुसवाहा , बैठक बषि सर्वसहमतमा सियाराम कुसवाहा र कुन्ती साह लाइ सिफारिस गरिएको नगर प्रमुख सियाराम कुसवाहाको सहयोगी महेश यादव कटहरिया एफएमलाई जानकारी दिए
त्यस्तै आजै नेकपा एमाले कटहरिया नगर कमिटीको बैठकले वडामा पनि उमेद्वारहरुको सर्वसहमती बाट चयन गरिएको छ। कटहरिया नगरपालिका वडा न २ बाट हरेन्द्र प्रसाद साह , वडा न ४ मा चन्दन कुसवाहा , वडा न ६ मा जयराम चौधरी , वडा न ७ मा हरिभजन साह वडा न ९ मा रामज्ञाया यादव , लगायतका जनप्रतिनिधिहरु सर्वसहमती बाट सिफारिस भएका छन्। सर्वसहमती बाट नभएको वडा न ३ , ५, ८, मा एक भन्दा बढी अकांक्षी भएका वडा अध्यक्षमा एक दुई दिनमा सर्वसहमती हुने नेकपा एमाले कटहरिया नगर अध्यक्ष सोन्फी महतो नुनियाले जानकारी दिए ।
उक्त अवसरमा नेकपा एमाले मधेश प्रदेश सदस्य योगेन्द्र साह , चन्दन कुसवाहा , नेता बिनोध साह, नरेस तुरहा लगायतका बिसिस्ट जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो