मधेश खवर रौतहट, बैशाख ३ गते । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ३ स्थित रहेको विर्ति प्रष्टोकामा नेकपा एमालेको विभिन्न जनवर्गीय संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । सल्लाहकार समितिका अध्यक्ष भन्टु साह बानियाको अध्यक्षतामा भएको कार्यक्रममा युवा कमिटी गठन, दलित संगठन र किसान संगठन समिति गरि तीन वटा समिति गठन भएको हो ।
वडा स्तरिय युवाको अध्यक्ष पदमा विवेक साह रौनियार सर्व सहमत रुपमा चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सचिन्द्र राम, सचिवमा रुपेन्द्र पटेल, सह सह सचिवमा शैलेन्द्र कुमार यादव र सह सचिवमा विजय साह तेली सर्व सहमत रुपमा चयन भएका छन् । भने सदस्यहरुमा रामविश्वास साह तेली, अनुठा साह, राधेश्याम पासवान, रामनाथ ठाकुर हजाम, गौतम राय यादव सहित ३१ जना चयन भएका छन् ।
त्यस्तै वडा नम्बर ३ को वडा स्तरिय किसान संगठनको अध्यक्षमा छोटे लाल पटेल सर्व साहमत चयन भएका छन् । भने उपाध्यक्षमा राम अधार राय यादव, सचिवमा अवध लाल साहसोनार, सह सचिवमा गगनदेव पटेल र सह सचिवमा फेकु हजरा दुसाद सर्व सहमत रुपमा चयन भएका छन् ।
यस्तै राजिन्द्र भगत माली, पनिलाल हजरा, जियालाल साह तेली, अजय साह, जोगन बैठा, विरेन्द्र पटेल र शम्भु पटेलसहित ३१ जना सदस्यहरु चयन भएका छन् ।
कार्यक्रममा कटहरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष तथा नेकपा एमालेको प्रदेश कमिटि सदस्य एवम् नगर प्रवक्ता चन्दनकुमार कुशवाहाले सर्व सहमत रुपमा चयन भएका सबैलाई टिका लगाएर शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहा, नेकपा एमालेका प्रदेश कमिटि सदस्य योगेन्द्र साह, नेकपा एमालेका नेता श्यामाकान्त यादव, वडा प्रत्याशि राजेश साह, जनप्रतिनिधिहरु तथा स्थानीय बासि लगायतको उपस्थिति रहेको थियो ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।