July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट जिल्लाको श्री जनता माध्यमिक कटहरियाको प्रशासनिक र प्राविधिक भवनकाे पूर्व मन्त्री प्रभु साहले गरे उदघाटन

मधेश खबर रौतहट, चैत्र ३० गते ।

रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत कटहरिया नगरपालिका ५ स्थित रहेको श्री जनता नमुना माध्यमिक विद्यालयको प्रशासनिक एवम् प्राविधिक भवनकाे समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापक समितिका अध्यक्ष एवम् कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुशवाहाको सभाध्यक्ष्यातामा भएको कार्यक्रममा करिब ३ करोडको आर्थिक लागतमा नव निर्मित ८ कोठे भवन, प्राविधिक भवन, प्रशासकिय भवन, लयाव र लाइव्रेरी भवनको एकै साथ समुदघाटन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पुर्व मन्त्री प्रभु शाहले भने “शिक्षाको प्रभाव मुलुक भरिको विद्यालय भन्दा सबैभन्दा कमजोर रौतहटको शिक्षा क्षेत्र रहेको छ । शिक्षाको किसिम परिवर्तन गरि नयाँ तरिकाले पठन पाठन गराउँन तथा विद्यार्थीलाई अध्ययनमा अध्यापन गराउन तथा शिक्षाको सहज वातावरणको निर्माण गर्नको लागि सबै शिक्षकलाई अनुरोध समेत गरेका छन् । शिक्षाले नै सक्षम बनाउँने गरेको हो” उनको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्री नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाहाले भने हामीले विद्यालयलाई यो ४ वर्षको अवधिमा धेरै अवरोधका साथ यति काम सफल गर्न सकेका छौँ । विद्यालयको नाममा मात्र सिमित न भै नाम जस्तै काम हुने उनको भनाई । उनका अनुसार विद्यालयमा करिब ३५ सय भन्दा बढी छात्र छात्राहरु अध्ययनरत रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि तथा पूर्व मन्त्री प्रभु शाहले रिवन काटेर भवन समुदघाटन गरेका थिए । भने विद्यालयलाई शिक्षाको क्षेत्रमा सहयोग गरेको भन्दै शिक्षक सोनालाल शर्मा, प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाहा, शिक्षक अचल शाही र शिक्षक कपिलदेव यादव,अजय कुशवाहा सहित ४० जना शिक्षक शिक्षिकाहरुलाई प्रशंसा पत्रद्धारा सम्मानित गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहाले भने “वि.सं.२०१७ सालमा स्थापना भएको कटहरिया प्रावि विद्यालय विभिन्न कालखण्ड पार गरि माध्यमिक तहमा परिणत गर्न हामी सफल भएका छौँ । यो भन्दा पहिला विद्यालयमा २० वटा कोठा मात्र रहेको थियो भने आजबाट ४२ कोठे भन्दा बढीको विद्यालय र रौतहट जिल्लाकै दोस्रो उत्कृष्ट विधालयको रुपमा परिचित रहेको विद्यालय रहेको उनले बताए । आज हामी सबै गर्भ गर्नु पर्छ कि अब बाल विकास कक्षादेखि १० कक्षासम्म मात्र अध्ययन हुने विद्यालयमा आज कक्षा १२, स्नातक तह र इन्जिनियरिंग समेत भैरहेको उनको भनाई छ ।

यस्तै कार्यक्रममा स्पेशल कक्षाका २१ जना छात्र छात्रालाई पोसाक, जुतासहितको समाग्री वितरण गरिएकाे थियाे ।

कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य कुन्दन कुशवाहाको विशेष अतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिहरुमा नेकपा एमाले मधेश प्रदेशको उप सचिव आरति भण्डारी,देवाहि गोनाहि नगरपालिकाका कार्यवाहक नगर प्रमुख परनिया देवि पटेल रह्नु भएको थियाे । साे अजसरमा जनप्रतिनिधि, शिक्षक शिक्षिका तथा विधार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।