July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

एस समाजवादी माधव समुह बाट वडा अध्यक्षमा पुनः चुनावी मैदानमा उत्रिदै भुपेन्द्र महतो

मधेश खबर चैत्र २८ गते, रौतहट ।

स्थानीय तहको चुनाव नजिकिएसंगै रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत कटहरिया नगरपालिका को वडा नं १ भसेढवाको टोल टोल र चोक–चोकमा चुनावी बहस हुन थालेको छ ।
विगतमा नेतृत्व लिन झिनो मतान्तरले चुकेका नेता यसपटक जसरी पनि नेतृत्व लिन तयारीमा जुटेका छन् । यस्तै भसेढवाका वडा प्र्रत्यासी भुपेन्द्र महतो यसपटक एसमाजवादी बाट पुनः वडा अध्यक्षमा नै भिड्न लागेका छन ।
एसमाजवादीको तर्फ बाट महतोले नै टिकट पाउने पक्कापक्की रहेको छ ।
वडा प्रत्यासी कुशवाहासँग ठुलो जनमत रहेको कारण उनलाई नै टिकट दिने एसमाजवादीका नेताहरुले सोच बनाएका छन् । गठबन्धन भएपनि उनले नै टिकट पाउने लगभग पक्का नै छ ।
भुपेन्द्र महतो सबभन्दा बलियो र अपार जनमतवाला नेता भएका कारण उनको चौतर्फी चर्चा चलेको छ ।
बौद्धिक ,क्षमतावान र नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने युवा नेता कुशवाहा भसेढवा गाउँमा बिकासप्रेमी नेताका रुपमा परिचित छन् । कुनै निर्वाचित जनप्रतिनीधी नभए पनि लाखौंको विकास आफनो गाउँमा गराउन सफल भएका छन् ।
आफुले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने महतो नेता कार्यकर्ता माझ लोकप्रिय रहेका छन् । राजनीतिमा पहिचान बनाएका उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन ।

स्थानीय तहको निर्वाचन २०७४ मा ७१२ मत ल्याइ दोस्रो स्थानमा रहनु भएको थियो । हालको निर्वाचित वडाध्यक्ष भन्दा ७ वटा मत मात्रै कम रहेको थियो । कडा टक्करको लोकप्रिय मत ल्याएर वडा प्रत्यासी महतो उदयमान नेताको रूपमा परिचीत छन् ।
गाउँमा बलियो र धेरै जनमत भएको उम्मेदवारको रुपमा आफू नै रहेको कुशवाहाको दाबि रहेको छ ।
कुशवाहा अन्य नेता भन्दा नरम, शालिन स्वभावका रहेको र गाउँमा सबैलाई मिलाएर राख्ने नेता भएका कारण उनलाई जनताले धेरै रुचाउने गरेका छन् ।