September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा बिभिन्न पार्टी त्याग गरि नेकपा एमालेमा हजारौं को संख्यामा पूर्व मन्त्री द्वारा टिका लगाई पार्टी प्रवेश

मधेश खबर चैत्र २८, गते

आज रौतहटको गौर र गरुडा नगरपालिकामा वृहत् पार्टी प्रवेश कार्यक्रम हजारौंको उपस्तिथिमा । कार्यक्रम काे प्रमुख अतिथि पुर्व मन्त्री प्रभु साह नेकपा जिल्ला अध्यक्ष त्रिभुवन साह उर्फ अमर लगायत विभिन्न राजनीतिक दलका नेता कर्मचारी पत्रकार लगायतको सहभागितामा टिका माला गम्छा लगाई स्वागत गर्नुभएको। गरुडा नगरपालिका-९ विर्ता बजारमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा जसपाबाट वृन्दावन नगरपालिकाका मेयर प्रत्यासी मोहम्मद हकिमको नेतृत्वमा नगरका हरेक वडाबाट सयौंको संख्यामा तथा गौर नगरपालिका- ८, पुरेनवामा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा जसपाको वडाध्यक्ष प्रत्यासी परमात्मा साहको नेतृत्वमा सयौं नेता कार्यकर्ताले जसपा परित्याग गरी एमाले प्रवेश गर्नुभएको छ ।

साथै, गरुडा नगरपालिका-२ गेडहीगुठीका कार्यवाहक वडाध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्वमा नेपाली कांग्रेसका ५०० भन्दा बढी, लोसपा नेपालको जिल्ला कोषाध्यक्ष भुपनारायण सहनीको नेतृत्वमा ३०० भन्दा बढी तथा गौर नगरपालिका-७ सिसवाबाट नेकपा एकीकृत समाजवादीका जिल्ला नेता यार महम्मदको नेतृत्वमा २०० भन्दा बढी गरि विभिन्न स्थानबाट विभिन्न दल परित्याग गरी हजारौं नेता कार्यकर्ताले एमाले रोज्नुभएको छ ।

नवप्रवेशी सबै कमरेडहरुलाई एकमुष्ट पार्टीमा हार्दिक स्वागत, बधाई तथा सफल राजनीतिक भविष्यको भव्य शुभकामना व्यक्त गर्नुभएको पुर्व मन्त्री प्रभु साह एवम् जिल्ला अध्यक्ष त्रिभुवन साहले गरे