रौतहट,फाल्गुन १६ गते
नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्र बाट खटी गएको प्रहरी सहितको टोलीले बिधुत चुहावट गर्ने बाइपास मिटर सहित मोटर पक्राउ गरेको छ । सोमबार बिधुत चुहावट गरिहेको विभिन्न सामान जफत गरेको हो ।
बिधुत चुहावट बढेको भन्दै सुचना आउन थाले पछि प्राधिकरण मौलापुर प्रमुख संदिप कुमार दासले त्यस्तालाइ कार्यवाही गर्ने बताउँदै चुहावट नियन्त्रण टोलीलाइ खटाएका हुन् । इलाका प्रहरी कार्यालय मौलापुर र विधुत प्राधिकरणको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सो टोली मौलापुर वितरण केन्द्र अन्तर्गतको विभिन्न गाउँमा पुगेको थियो । चुहावट नियन्त्रण टोलीले सो स्थानहरु बाट
मोटर १० थान ,१ थान बाइपास मिटर नियन्त्रणमा लिएको नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख दासले जानकारी गराएका हुन् ।
लाईन काट्ने तथा चुहावट नियन्त्रण कार्य जारी रहेकोले सम्बन्धित सबैमा सजग रहन , जरिवाना र लाईन काटिने झन्झटबाट मुक्त रहन सम्पूर्ण ग्राहकहरुमा मौलापुर वितरण केन्द्रले अनुरोध गरेको छ ।
More Stories
प्रभु साहले भने, `ओली सरकारको १०० दिन पुर्ण असफल, भ्रष्टाचारीलाई संरक्षण र लुटने काम मात्र भयो´
काग्रेसीको कारण फतुवा विजयपुर नगरपालिकामा विकास भएन: मेयर प्रत्यासी विजय
‘भ्रष्ट नेता’लाई जनस्तरबाटै बहिष्कार गर्न प्रभु साहको आह्वान