रौतहट पुस २२ गते
प्रेमचन्द्र झा
राैतहट ।ग्लोबल आईएमई बैंक लिमिटेडको १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क महिला स्वास्थ्य शिविर संचालन गरेका छन।
” Family Planning Association Nepal” को प्राविधिक सहयोगमा “मेरी उनीलाई स्वास्थ्य नारी पहल” अन्तर्गत शुक्रबारका दिन फतुवा बिजयपुर नगरपालिकाका वडा नः ७ फतुवा अस्पतालमा निःशुल्क महिला शिविर संचालन गरिएको हो। सो निःशुल्क महिला स्वास्थ्य शिविरमा ६७ जना महिला चेकअप गर्दै औषधि बितरण समेत गरिएका छन । सो निःशुल्क महिला स्वास्थ्य शिविरमा ग्लोबल आईएमई बैंकका प्रदेशीय कार्यालय प्रतिनिधि साजन प्रजापति, बिजयपुर शाखाका प्रमुख मुकेश कुमार ठाकुर सहायक ईन्चार्ज पप्पु प्रसाद पटेल, वडा नः ७ र ९का वडा अध्यक्ष रामविश्वास राय यादव राकेश यादवको बिशेष सहभागीतामा कार्यक्रम सम्पन्न भएको बैकले जनाएकोछ।
More Stories
प्रभु साहले भने, `ओली सरकारको १०० दिन पुर्ण असफल, भ्रष्टाचारीलाई संरक्षण र लुटने काम मात्र भयो´
काग्रेसीको कारण फतुवा विजयपुर नगरपालिकामा विकास भएन: मेयर प्रत्यासी विजय
‘भ्रष्ट नेता’लाई जनस्तरबाटै बहिष्कार गर्न प्रभु साहको आह्वान