राम प्रबेश बैठा चैत्र ६, खेसरहिया-रौतहट
रौतहट जिल्ला अन्तर्गत खेसरहिया मा आज हनुमान मन्दिर उदघाटन क्रममा पुर्व मन्त्री प्रभु साह काे प्रमुख अतिथ्य मा र पुर्व बिधायक कुन्दन कुश्वाहा र नेकपाका एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साह उर्फ अमर जी को नेतृत्वमा बिभिन्न नेता कार्यकर्ता देबाही गोनाही नगरपालिका को कार्यकारी मेयर परनिया देवी पटेल माधवनारायण नगरपालिका उपमेयर सिमल कुमारी साह को अध्यक्षतामा आज कार्यक्रम रहेको सो
सन्त स्व. श्रीराम साहको स्मृतिमा निर्माण गरिएको २ कोठे र ३ कोठे गरि २ वटा मठ र धर्मशाला भवन, शालिक तथा हनुमान मन्दिर परिसरको आज एक औपचारिक समारोहका बीच समुद्घाटन कार्य उत्साहवर्धक जनसहभागितामा हर्षोल्लास पूर्वक सु-सम्पन्न भएको छ ।
आजको यस ऐतिहासिक समारोहले नै त्यहाँ लाग्ने नयाँ बजार र चौकको नाम आजबाट खेसरहिया श्रीराम बजार राख्ने सार्वजनिक घोषणा गर्नुको साथसाथै, स्व. सन्तको परिवारजनलाई सम्मान समेत गरेकोले यसबाट सन्त स्व. श्रीराम साहप्रति उच्च श्रद्धा, सम्झना एवं सम्मानभाव अभिव्यक्त भएको आम जनधारणा रहेको पाईयो । पुर्व मन्त्री प्रभु साह ज्यु काे निजी प्रयासमा बीना कुनै सरकारी बजेट करोडौंको लागतमा निर्माण गरिएका यी सम्पदाहरु निर्माणमा स्वेच्छाले सक्रियता पूर्वक आर्थिक-भौतिक सहयोग गर्नुहुने माधवनारायण नपाकी उपमेयर सिमल कुमारी साह, देवाहिगोनाही नपाकी उपमेयर परनिया देवी पटेल, वड़ाध्यक्ष रामप्रवेश पटल,अनिल झा लगायत सहयाेगी हातहरु मा धन्यवाद व्यक्त गर्नुभयो पुर्व मन्त्री प्रभु साह ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।