रामप्रवेश बैठा,रौतहट,फागुन ३० गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक विधालयमा छात्रवृति रकम वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ३ स्थित रहेको श्री प्रावि बडेडवामा अध्ययनरक्त छात्रछात्राहरु लाइ छात्रवृति वापतको रकम प्रदान गरिएको छ । विधालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम साह साेनारकाे लगायतका व्यक्तीहरुको रोहबारमा वितरण गरिएको छ ।
सो विधालयमा प्रारम्भिक कक्षा देखि कक्षा ५ पढने सबै विधार्थीहरु लाइ छात्रवृति रकम दिइएको हो । विधालयमा अध्ययन गर्ने सबै जना छात्रछात्राहरुलाइ ४ सयका दरले रकम वितरण गरिएको प्रधानाध्यापक सुरेन्द्र ठाकुरले जानकारी गराउनु भयो ।
आर्थिक बर्ष २०७६/७७ काे ४५ हजार र ०७७/७८ काे ४४ हजार ४ सय गरि जम्मा ८९ हजार ४ रकम वितरण गरिएको ठाकुरले बताए ।
सो अवसरमा बिधालय व्यवस्थापन समितिका सँगै जाेखु राय भाट,माेमताज भाट सहित स्थानिय भद्रभलादमी बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड