October 18, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

समाजवादी अभियान -समाजवादी यात्रा रेलको सवारी जस्तै हाे:- माधव कुमार नेपाल

प्रेमचन्द्र झा
अशाेज ०८ गते
राैतहट । नेकपा एसका अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले ०८३/०८४ सालमा हुने चुनावका लागि तयारीमा जुटन पार्टी कार्यकर्ताहरुलाई आह्वान गरेका छन । नेकपा एस राैतहट जिल्ला संगठन समिति द्वारा मंगलबार गाैरमा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अब हुने चुनावमा अन्य पार्टीसंग तालमेल हुने सम्भावना न्यून रहेकाेले पार्टी एकलैले लडे पनि जित्ने गरि तयारी गर्न आग्रह गरेका हुन। चुनावका लागि मजबुत ढंगले तयारी गर्न टोल – टोल ,गाउँ – गाउँ ,बस्ति बस्तिमा जान पार्टीका कार्यकर्तालाई आह्वान गरे । काठमाण्डाैमा मात्र बसेर हुदैन , सदरमुकाममा मात्र केन्द्रित भएर भएन , गाउँ गएर आफ्नै घरमा मात्र बसेर भएन जनताको घरमा गई सुख दुखमा साथ दिन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन । नेतृत्वमा युवा जमातकाे खांचाे रहेको बताउदै नेता नेपालले आफु उमेरले ७४ भएपनि संगठनको जिम्मेवारी लिई सकेपछी अहाेरात्र पार्टीको काममा खट्नु परि रहेको बताए । पछिल्लो ६/७ महिना पार्टी संगठनको कामले व्यस्त भएका कारण राैतहट नआएको बोल्दै उनले भने “म काठमाडौंबाट निस्कन लाग्दा कतिले भने मधेशमा गर्मि छ नजानुस ” दिल हेै कि मानता नही ” संगठनको कामको लागि मैले जस्तो सुकै चुनाैति स्विकार गरेर आगाडी बढन तयार रहेको बताए ।
पार्टी कार्यकर्तालाई कसैको निरासाले निरास नहुन र कोही भडकाउदैमा नभड्किन सचेत गराउदै अध्यक्ष नेपालले समाजवादी अभियान -समाजवादी यात्रा रेलको सवारी जस्तै रहेको दाबी गरे। रेलको सवारीमा कोही चढछन ,कोही ओर्लिन्छन, कोही पुन: चढछन तर रेल आफ्नो गन्तव्यमा आगाडी बढिरहेको हुन्छन उनले भने । राेेतहट क्षेत्र नम्बर एकका सासद समेत रहेका पुर्व प्रधानमन्त्री नेपालले जिल्लामा बागमति र लाल बकैया नदिमा निर्माणाधीन पक्की पुल , गाैर – चन्द्र निगाहपुर फोर लेन सडक काम सुरु गराउने काम ,कृषिका लागि सिचाइ व्यवस्थापन गर्न खेतखेतमा व्यवस्थित विधुतिकरण लगायतका काममा लागि परेकाे बताए ।
अध्यक्ष नेपालले स्थानीय सरकारलाई ईमान्दारी पुर्बक काम गर्न सुझाव दिदे विकासको काममा भ्रष्टाचार नगर्न सचेत गराएका छन ।
जिल्लाका शिक्षा स्वास्थ्यको क्षेत्रमा भएका सुधारका प्रयास तथा सम्भावना बारे बोलेका थिए ।
पार्टी जिल्ला अध्यक्ष कमल राय यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा उपमहासचिव राम कुमार भट्टराई ,केन्द्रीय सदस्य सरला यादव, मधेस प्रदेश सासद कनिस पटेल , गाैर नगर प्रमुख शम्भु साह ,बाैधीमाई नगर प्रमुख प्रदिप कुमार यादव , वृन्दावन नगर प्रमुख विनाेद पटेल , पार्टीका नेता रेवन्त झाले जिल्लाका अवस्था बारे मन्तव्य व्यक्त गरेका थिए । साे अवसरमा पार्टीका अध्यक्ष पदमा सर्वसहमत निर्वाचित हुनु हुने अध्यक्ष माधव कुमार नेपाल सहित केन्द्रीय पदाधिकारीलाई सम्मान गरिएको थियो । साथै नेकपा एमाले पार्टीका बिचार सिद्बान्त मन नपरेका कारण साे पार्टी परित्याग गर्ने माधव नारायण कमिटी सचिव सुब्बा साहेब पासवानलाई अध्यक्ष नेपालले माला अबिर लगाई नेकपा एस पार्टीमा प्रबेश गराएका छन ।