September 10, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट दृष्टि साप्ताहिक को १७ औ बार्षिक सम्पन्न

रौतहट १२ साउन ।
नेकपा एमालेका केन्द्रिय सदस्य अजय कुमार गुप्ताले वर्तमान सरकार अर्थतन्त्र मजबुत तथा जनआँकक्षा अनुरुप कार्य गर्नको लागी बनेको बताएका छन । रौतहट दृष्टि साप्ताहिक को १७ औ बार्षिक उत्सवको अवसरमा सम्बोधन गर्दै केन्द्रिय सदस्य गुप्ताले उतm कुरा बताएका हुन ।
देशको स्थिति खराब हुदै गएकोले देशका अर्थतन्त्र बलियो बनाउन ,विचराधिनमा रहेको कानुन निर्माण गर्न नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको उदेश्य रहेको नेकपा एमालेका केन्द्रिय सदस्य गुप्ताले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली बनेको दिन नै शेयर बजार उच्चमा पुगेकोले जनतामा उत्साह फैलिएको बताउदै उनले जनताको विकास , सुशासन , शान्ति अमनचयन का लागी वर्तमान सरकारको आवश्यकता रहेको बताए ।
देशको अर्थतन्त्र बलियो नभए पत्रकारिता क्षेत्र पनि नफस्टाउने उनले बताउदै ब्यापार धराशायी अवस्थामा रहेको अवगत उनले गराए ।
रौतहटका पत्रकारहरु एकजुट भए मात्र पत्रकारिता क्षेत्रको अवस्थामा सुधार हुने उनले बताउदै पत्रकार माथि विभिन्न समयमा लाग्ने आरोप प्रत्यारोपको निराकरण हुने गुप्ताले बताए । पत्रकारिता क्षेत्र र राजनितिक क्षेत्र सेवाको भावनाले अगाडी बढने क्षेत्र रहेको उनले अवगत गराएका थिए ।
रौतहट दृष्टि साप्ताहिक परिवारलाई धन्यवाद दिदै नेकपा एमालेका केन्द्रिय सदस्य गुप्ताले मैले धेरै जनालाई सम्मान गरेको छु तर आज मैले गरिएको द्धय पत्रकार श्रीमन नारायण मिश्र र सजय साह लाई गरिएको सम्मान मेरो जिवनका लागी स्मरण रहने बताए ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले रौतहटका पत्रकारहरुको अवस्था र कार्यशैलीको विषयमा चर्चा गरेका थिए ।
वरिष्ठ पत्रकार श्रीमन नारायण मिश्रले फेसबुक बाट गरिने पत्रकारिताले पत्रकारको स्तर घटाएको बताए ।
बाज्जिका भाषाका लागी अहम भुमिका निर्वाह गर्दै आएका पत्रकार तथा लेखक सजय साहले रौतहट दृष्टि साप्ताहिक पत्रिकाको उतmरोतर प्रगतिको कामना गर्दै पत्रकारिता क्षेत्रमा देखिएको विकृति विसंगतिलाई हामीले नै हटाउने प्रयास गर्नु पर्ने धारणा राखेका थिए ।
रेड टेलिभिजनका संचालक तथा अध्यक्ष जयप्रकाश यादवले पत्रकार माथि भेदभाव भई रहेको बताए । स्थानीय तहले पत्रकारिता क्षेत्रलाई बदनाम गराउन लागी रहेकोले सवै पत्रकार साथी सजग र सचेत हुन उनले आग्रह गरे । रौतहट दृष्टि साप्ताहिक पत्रिकाले असल पत्रकारिता धर्म निर्वाह गरिने व्यतिmलाई सम्मान गरेकोले उनले पत्रिका परिवारलाई धन्यवाद दिएका थिए ।
रौतहट दृष्टि साप्ताहिकका प्रधान सम्पादक शैलेन्द्र झाको अध्यक्षतामा प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष आर्दश उपाध्याय , दिव्य जागरणका प्रकाशक सम्पादक राम एकवाल साह लगायतका वतmाहरुले पत्रिकाको शुभकामना तथा उतरोतर प्रगतिको कामना गरेका थिए । वरिष्ठ पत्रकार श्रीमन नारायण मिश्र लाई रौतहट दृष्टि साप्ताहिकले नगद रु २५०० र प्रशसा पत्र पत्रकार एव लेखक सजय साहलाई नगर रु २५०० र प्रसंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रम संचालन दिनेश यादवले गरेका थिए भन्ने कार्यक्रममा रौतहटका अधिकाँस पत्रकारहरुको सहभागिता रहेको थियो ।