काठमाडौं, २० असार
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारको नाममा भैरहेको ठगीविरुद्ध जारी राखेको आन्दोलन तत्काललाई स्थगित् गर्न निर्देशन दिएका छन् । आईटी आर्मी विगत १९ दिनदेखि आन्दोलित छ । आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ, श्रममन्त्री डिपी अर्यालको पुत्ला दहनसमेत गरिसकेको छ ।
पछिल्लो समय कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने र संविधान संशोधन गर्नेलगायत विषयमा सहमति गरिसकेपछि विकसित राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै आजपाका अध्यक्ष साहले आइटी आर्मीलाई आन्दोलन तत्कालका लागि स्थगन् गर्न निर्देशन दिएका हुन् ।
आईटी आर्मीका अध्यक्ष सिबी साहले अध्यक्ष प्रभु साहबाट तत्काल आन्दोलन स्थगन् गर्न निर्देशन प्राप्त भएको जानकारी दिए । उनकाअनुसार अध्यक्ष साहले देशको राजनीतिक परिस्थिति नै बदलिएको र लोकतन्त्र झन गम्भीर संकटमा परेकोले पार्टीको सिँगो पँक्ति लोकतन्त्र बचाउनको लागि र तेस्रो जनआन्दोलनको लागि तयार हुनुपर्ने भएकोले अहिलेको आन्दोलन स्थगन् गरिएको हो ।
पार्टी अध्यक्ष प्रभु साहले देशमा दलीय सिण्डिकेट रहेकोमा अब देशकै दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाउनु र संविधान संशोधनको विषय अघि ल्याउनुले लोकतन्त्रमाथि कालो बादल मडारिएको निश्कर्ष निकालेका छन् । उनले देशमा लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको उल्लेख गर्दै अहिले त देशमा अधिनायकवादी चरित्र हाबी हुँदै दुई दलीय सिण्डिकेट लाद्न खोजिएकोमा आपत्ति जनाए ।
More Stories
प्रभु साहको प्रश्न, ‘कार्यालय सहयोगी, ड्राइभर, स्विपर, माली लगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ता किन नगरेको ?’
भ्रष्टाचारीलाई खबरदारी गर्न दलाल दलतन्त्र बिरुद्ध आजपाले चैत २४ गते काठमाडौंमा विशेष प्रदर्शन गर्दै
सरकारको मनोमानी कर आतंक एवं लुटतन्त्रले मुलुकको अर्थ अवस्था तहसनहस–प्रभु साह