रौतहट, ११ असार ।
रौतहट जिल्लामा असार १ गते देखि लिएर १० गते सम्म सवारी ऐन अनुसारको कागजपत्र नराखी सवारी गुडाएको आरोपमा ४०३ जना चालकलाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी प्रेस नोटमा, असार १ देखि १० गते सम्म जिल्ला ट्राफिक कार्यालयबाट जिल्लाभरी खटिएका ट्राफिक प्रहरीले सवारी ऐन कानुनको उलंघन गरेर सवारीसाधन गुडाउने ४०३ जनालाई कारवाही गरिएको हो ।
सवारी ऐनको बर्खिलाप गर्ने ४०३ जनालाई कारवाही गर्दा तीन लाख ९७ हजार राजस्व संकलन गरिएको र उक्त जरिवाना रकम नेपाल सरकारको राजस्व खातामा दाखिला गराइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
सवारी साधन गुडाउदा अनिवार्य रुपमा हेलमेटको प्रयोग गर्नुपर्ने, चालक अनुमती पत्र बोक्नुपर्ने, सवारीधनी प्रमाणपत्र बोक्नुपर्ने, सावधानी पूर्वक सवारी सवारी ऐनको परिधी भित्र रहेर गाडी गुडाउनु पर्ने सुझाव डिएसपी गिरीले
More Stories
कर, नकारात्मक क्रियाकलाप, समाजमा सुशासन कायम गर्न लगायतको विषय राख्दै कर्कचमा युवाहरूद्वारा विरोध र्याली
मिति वि।स।२०८१ श्रावन ०२ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।
मिति वि.स.२०८१ सावन ०१ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।