September 9, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा ट्राफिक सप्ताह शुरु

रौतहट, ७ असार ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको अगुवाइमा ट्राफिक जनचेतनामुलक कार्यक्रम ( ट्राफिक सप्ताह ) कार्यक्रम शुरु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनचेतना जगाउने उदेश्यले कार्यक्रम आयोजना गरेको छ ।

सदरमुकाम गौर स्थित वीपी चौकबाट प्रभातफेरी निकालेर गौर नगरपालिकाको सभाकक्षमा अन्तरकृया आयोजना गरिएको हो ।
जनचेतना मुलुक कार्यक्रममा रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले सवारी साधन चलाउदा र सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीको बारेमा धारणा राखेकी छिन ।
चालक अनुमती पत्र, बिलबुक चालकले साथमा राख्न र अनिवार्य रुपमा हेलमेट , सिटबेल्ट को प्रयोग गरेर सवारी ऐन नियम अनुसार सवारी साधन चलाउन डिएसपी गिरीले आग्रह गरेकी छिन ।
कार्यक्रममा डिएसपी गिरीले देशका विभिन्न स्थानमा सवारी साधन चलाउदा अपनाउनुपर्ने सावधानी एवं ऐनकानुनको बर्खिलाप गर्नेहरुलाई कानुनी कारवाही गरिने तथा चालकलाई हुने हानी नोक्सानी को बारेमा जानकारी गराएकी थिइन ।


उक्त कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिका का अगुवाइ शम्भु साहले सवारी साधन प्रय‍ोग गर्दा सवारी ऐनलाई बुझ्नु जरुरी रहेको बताउदै ट्राफिक नियम सुधारको पक्षमा आफूबाट हुने सबै सकारात्मक कार्यहरु पुरा गर्ने प्रतिबद्धता जनाएका छन ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादवले सवारी ऐन विपरित सवारी चलाउदा हुने हानी नोक्सानीको जवाफदेहिता चालकले नै बेहोर्नु परेको हुँदा उक्त कुराहरु गम्भिररुपले विचार पुर्याएर मात्रै सवारी साधन चलाउदा अनाहकमा हुने दुर्घटना न्यूनिकरण हुने बताए ।

रौतहट प्रहरीका एसपी दिलिप घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यातायात कार्यालयका प्रतिनिधि, राष्ट्रिय अनुसन्धानका उप निर्देशक अभिनय सिंह, सशस्त्र प्रहरी, नेपाली सेना, संचारकर्मीहरु, शिक्षक शिक्षिका,समाजसेवीहरु तथा सदरमुकाम गौरका विभिन्न सामुदायिक विद्यालयका छात्रछाछात्राहरुको उपस्थिति रहेको थियो ।मधेश प्रदेश सरकार, गृह संचार तथा कानुन मन्त्रालय जनकपुरधाम, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, जिल्ला प्रहरी कार्यालय, रौतहट तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रनिगाहपुर रौतहटको सहकार्यमा गौर नगरपालिका वडा नं. ३ स्थित बि.पि. चोकबाट प्रभातफेरी आयोजना गरिएको छ ।
ट्राफिक सप्ताह कार्यक्रम रौतहटको विभिन्न स्थानहरुमा
बिबिध कार्यक्रमको आयोजना गरि मनाउने कार्यतालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक सुशील आचार्यले जानकारी दिएका छन ।