मंगलबार, जेठ ८, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानुनविपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्र भएकाे दाबी गरेका छन् ।
मंगलबार राति सामाजिक सञ्जालमार्फत थापाले सिराेहियाकाे पक्राउ राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गृहमन्त्री रवि लामिछानेले गरेको दुस्प्रयास रहेकाे बताएका हुन् ।
उनले आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका स्मरण गराउँदै हेक्का राख्न चेतावनीसमेत दिएका छन् ।
यद्पि कानुनभन्दा माथि कोही नरहेकाे र गल्ती गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ भन्ने कुरामा आफू प्रस्ट रहेकाे थापाले बताएका छन् ।
More Stories
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
सुरेन्द्र ढकाल प्रतिष्ठानले तीन सय कम्बल बाडे