July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बाराको निजगढमा बम विस्फोट हुँदा एक जनाको मृत्यु ३ जना घाइते

बारा  १४ गते फागुन

बारा जिल्लाको निजगढमा रहेको रोहित वर्कसपमा सोमबार शंकास्पद वस्तु विष्फोट हुदाँ १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएको छ । शंकास्पद वस्तु विष्फोटबाट घाइतेहरुको शरीरको भाग क्षतविक्षत अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेमध्ये दुईजना गम्भीर रहेका, एकको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको बताइएको छ।

घाईते मध्ये १ जनाको कलैया प्रादेशिक अस्पताल र अन्य घाईतेहरुको बिरगंजको बिभिन्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । शंकास्पद वस्तु विष्फोट हुदाँ निजगढ नगरपालिका-५ का रेशम मगरको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । गम्भीर घाइते हुनेमा निजगढ नगरपालिका ७ का कारखाना संचालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत र निजगढ नगरपालिका ५ का ४५ वर्षीय सुर्यबहादुर थापा रहेका छन् । यता प्रहरीले घटना बारे थप्प अनुसन्धान गरिरहेको छ ।