July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट शाखाको छठौ वार्षिक साधारण सभा सम्पन्न

राम एकवाल साह, फागुन १२
नेपाल रेडक्रस सोसाइटीको छठौ जिल्ला वार्षिक साधारण सभा गौर रेडक्रस सभाहलमा सम्पन भएको छ । सो साधारण सभामा आ.ब.२०७९ श्रावण देखि ०८०।०८१ को लागि वार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम जिल्ला शाखा मन्त्री धर्मेन्द्र प्रसाद सिंहले प्रतिवेदन प्रस्तुत गरे । संगठनात्मक विकास विशिष्ट सदस्य संख्या ९, आजीवन सदस्य संख्या ८५५, साधारण सदस्य संख्या ३०७, जुनियर युवा रेडक्रस सदस्य संख्या १४३२७ रहेको छ । उप शाखा १२ वटा, सहयोग समिति ५ वटा, जुनियर युवा रेडक्रस सर्कल संख्या ९५ वटा रहेको मन्त्री सिंहले जानकारी गराउनु भयो ।
आगलगी पिडित परिवार १३६ लाई सहायता, सितलहरबाट पिडित १०५ जनालाई कम्बर वितरण गरियो । रक्तदान कार्यक्रम विभिन्न संघ संस्थाको तर्फबाट १२ पटक गरियो ।
त्यस्तै २०७९।०८० का आर्थिक प्रतिवेदन जिल्ला शाखाका कोषाध्यक्ष राम अधार राय यादबले ४२ लाख ८२ हजार २२६ रुपैया ५७ पैसा मध्ये खर्च २८ लाख २९ हजार १६० रुपैया २५ पैसा खर्च भई हाल नगद तथा बैक मौज्दात अनुमाति आय रु. ४७ लाख २० हजार ८८९ रुपैया ३२ पैसा मा विभिन्न शिर्षकहरुमा ३३ लाख ६१ हजार खर्च तथा बाकी मौज्दात १३ लाख ५९ हजार ८८९ रुपैया रहको छ ।
प्रत्येक उपशाखालाई तालिममा एव आयआर्जन तर्फ अग्रसर गराउने खालका जिल्ला शाखा तर्फबाट हुने गरी कार्यक्रम राखिएको छ । विनाशकारी भुकम्प कार्तिक १७ गते जाजरकोट बझांग, आछामका हजारौ परिवारहरु प्रभावित भएकोले उदार तथा राहत सेवाको लागि गौर बजार एवं बोर्डिग स्कुलबाट चन्दा संकलन ८१,७०० र रौतहट जिल्ला शाखाबाट १९,४०१ गरी १ लाख १०१ रुपैया मधेश प्रदेश आठ जिल्लाको मध्ये रौतहट जिल्ला प्रथम भएको जानकारी गराउनु भयो ।
दुई वर्षको कार्यकालमा ४ कर्मचारी पाल्दै १४ लाख गरी संचित गरेको र केन्द्र तथा पालिकाको सहयोगमा शाखामा तालिम हल तथा दुई वटा कोठा विस्तार गरी आर्थिक तथा भौतिक रुपले संस्थालाई समितिको सहकार्यमा मजबुत गरिने । छैठौं जिल्ला शाखाका वार्षिक साधारण सभामा सभापति राजकिशोर प्रसाद यादवले मन्तव्यमा बताउनुभयो । यस शाखाबाट स्थापना कालदेृखि अहिलेसम्म जिल्लामा रहेको सम्पूर्ण आजीवन सदस्यहरुलाई एक भेला गर्ने अठोट गर्नुभयो । सो सभामा दुई दर्जन नयाँ आजीवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्नुभयो ।
प्रमुख अतिथि मधेश प्रदेश सभाका नेपाल रेडक्रस सोसाइटीका सभापति मो.फुलमहमद मियाले आठ जिल्लामध्ये रौतहट जिल्ला आफ्नो श्रोत साधनमा रचनात्मक काम गरेको र पिडित परिवारलाई केन्द्रमा विवाद भएको कारणले माँग बमोजिम राहत दिनमा असमर्थ रहेको जिगयासा राख्नुभयो ।
विशिष्ट अतिथि केन्द्रिय सदस्य सपुत बहादुर कार्कीले रेडक्रसको स्थापना नागेन्द्र प्रसाद सिंहले गर्नुभयो त्यस पछि प्रिन्स शाहको रेडक्रसको स्थापना रहेको बताए ।
विशिष्ट अतिथि रौतहट जिल्ला शाखाका पूर्व सभापति मो.मजरुलहकले यो साधारण सभा भइरहेको सिचाईको जग्गामा फोहोरा फाल्ने ठाउँलाई मन्त्री परिषद्बाट पारित भई अहिले दुई तल्ले घर भएकोले आफु खुशि भएको यसमा सबै रेडक्रस प्रेमीको सहयोग रहेको गर्व गरेको खुशी व्यक्त गर्नुभयो ।
सो सभामा नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झाले रेडक्रस प्रति आफू संकलप रहेको बताए । स्वागतम मन्त्य शाखाका उपाध्यक्ष निलु झा र कार्य संचालन संजय कुमार यादवले गर्नुभयो । सो साधारण सभामा जिल्ला शाखाको सभापति राजकिशोर प्रसाद यादवको अध्यक्षताका प्रमुख अतिथि मधेश प्रदेश सभापति मो.फुलमहमद मियाँ विशिष्ट अतिथि केन्द्रिय सदस्य सपुत बहादुर कार्की, पूर्व सभापति मो.मजरुलहक, पूर्व कोषाध्यक्ष तथा जेठ नागरिक जिल्ला अध्यक्ष विजयकिशोर झा, राष्ट्रिय अनुसन्धानका प्रतिनिति, बीरदल गणका प्रतिनिधि, जिल्ला कार्य समितिका पदाधिकारी उपाध्यक्ष निलु झा मन्त्री धर्मेन्द्र सिंह, कोषाध्यक्ष रामअधार यादव, उपमन्त्री हसरे आलम, उपकोषाध्यक्ष शेख कैमुदिन सहित सदस्यहरु तेजनारायण यादव, बालकिशोर प्र.जयसवाल, रामविलास साह, शेख कलामुल्ला, घनश्याम सुन्दर श्रेष्ठ, संजय कुमार यादव, रामएकवाल साह, पुनमदेवी र १२ वटा उपशाखाका सभासदहरु, पत्रकार संजय मिश्र, रमेश तिमलसिना, राकेश यादव, अमित केशरी सहित सयौंको सहभागितामा साधारण सभा सम्पन्न भएको छ ।