July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

आरती साहको पीडित परिवारलाई न्याय दिलाउँने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरती साहको हत्यारालाई कानूनी कारवाही गराउँने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज आरती साहको पीडित परिवारसंग भेटघाट गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । आरती साहको पीडित परिवारलाई न्याय दिलाउँन सरकारले पहल गर्ने प्रधानमन्त्रीले जनाएका छन् ।

आरती साहको हत्यारालाई कारवाहीको माग गर्दै उनको परिवारले काठमाडौंमा महिनौंदेखी आन्दोलन गर्दै आएको छ । आरतीको परिवार अझै आन्दोलनमै छ । आरती साहको हत्यारालाई कारवाही गर्नुपर्ने भन्दै संसददेखी सडक सम्म आवाज उठाउँदै आएका आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष पहलमा सो भेटघाट भएको हो ।

आजपा अध्यक्ष साहले आरतीको पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै आजपा अध्यक्ष साहले आवाज उठानुका साथै पहल समेत गर्दै आएका छन् । उनले सरकारलाई दबाब दिदै आरतीको परिवारलाई न्याय दिलाउँन पहल गर्दै आएका छन् । यस अघि साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग समेत भेटघाट गर्दै आरतीको परिवारलाई न्याय दिलाउँन छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई भेटन आजपा अध्यक्ष प्रभु साह, आरती साहका वुवा विनोद साह, बहिनी अनिषा साह लगायतको सहभागिता रहेको थियो ।