July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरियामा फारवार्ड लघुुविक्तको निःशुुल्क आँखा,कान तथा दाँत शिविर

रामप्रवेश बैठा ,रौतहट,०४ गते फागुन ।

रौतहटको कटहरिया बजारमा फारवार्ड माइक्रोफाइनान्स लघुुविक्त विक्तिय संस्था शाखा कार्यालय कटहरिया द्धारा निःशुुल्क आँखा,कान तथा दाँत शिविर सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको विवाह भवन कटहरियामा एक दिने स्वास्थ्य शिविर आयोजन गरिएको थियो । प्रकाशजित आइ हस्पिटल एण्ड नर्सिङ्ग होम प्रा.लि.को प्राविधिक सहयोगमा आँखा,कान तथा दाँतको चेकजाँच गरिएको हो ।
फारवार्ड लघुुविक्तको केन्द्रिय कार्यालय दुहबीको सहयोगमा सञ्चालन भएको शिविर कटहरिया शाखा अन्तर्गत पर्ने ५ वटा पालिकाका ३ सय भन्दा बढी मानिसहरुको आँखा,कान तथा दाँत निःशुुल्क रुपमा चेकजाँच गरिएको फारवार्ड लघुुविक्त संस्था कटहरियाका शाखा प्रबन्धक कृष्ण साहले जानकारी गराए ।
शिविर कार्यक्रमको प्रमुख अतिथीको रुपमा कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल रह्नु भएको थियो । कार्यक्रमको अध्यक्षता कटहरिया शाखा प्रमुख साहले गर्नु भएको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत सो संस्थाले निःशुल्क शिविर सफलतापूर्वक सञ्चालन गरेको छ । शिविरमा डा.संजय कुमार साह नेतृत्वको टोली चेकजाँच गरेको थियो ।

शिविरमा सहभागी मानिसहरू खुसी हुँदै फारवार्ड लघुविक्तले सो शिविर आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । शुक्रबार उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख जयसवालले गर्नुभएको थियो । सो अवसरमा लघुविक्त बैंकका सामान्य प्रशानसन विभागका बिनोद चौधरी,प्रदेश प्रमुख विरेन्द्र देव,आन्तरिक लेखा परिक्षण विभागका दिपेन्द्र गुप्ता,प्रदेश कार्यालय बाट दुुर्गा चौधरी,कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुुशवाहा,श्री जनता नमूना मावि कटहरियाका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादव लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।