राम प्रबेश बैठा रौतहट,माघ ०१ गते
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले स्थानीय तह
तहलाइ रिक्त गर्ने चलखेल गर्न खोजेको बताउनु भएको छ । रौतहट जिल्लाको मौलापुर नगरपालिकामा दलित बस्ती उदघाटन पछि आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो । जनतालाइ जनप्रतिनिधि बिहिन अवस्थामा सेवाप्रवाह बाट बञ्चित गर्ने कुरालाइ हामीलाइ किमार्थ किमार्थ स्विकार्य नहुने बताउनु भयो । आवश्यता परे हामी स्थानिय तहको चुनाव गराउन हामी सडकमा उत्रेर दबाब दिनु पर्ने हुन्छ ।
सरकार स्थानिय तहको निर्वाचन पन्छयाउन खोजेको आरोप लगाएका छन् । एमाले उपमहासचिव ज्ञवालीले सरकार स्थानीय तहको निर्वाचन नगराएर खतरनाक किसिमको खेलमा लागेको आरोप लगाए । उनले सरकारले स्थानीय तहको निर्वाचनलाई पन्छाउन खोजेको आशंका पैदा भएको भन्दै एमालेले त्यस्तो हुन नदिने बताए । कुनै पनि हालतमा यो हप्ता भित्र चुनावको मिति घोषणा हुनुपर्ने जोड दिए । समयमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने उनको भनाइ थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय